अल्मुताइरी नेपाल फर्कन तयार छन्ः व्यवस्थापक मधुसुदन
नेपालबहस संवाददाता
कात्तिक ३, २०७८ बुधबार २१:३०:१९
३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिँनै लाग्दा ‘एएफसी प्रो लाईसेन्स’ प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका हुन् ।
यसअघि नेपाल साफ च्याम्पियनसिपको २८ बर्षे यात्रामा पहिलोपटक फाइनल पुग्दा प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीको प्रशिक्षक पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।
यस्तै। उनले फाइनल खेल अन्तिम खेल हुने बताउँदै नेपाल समेत नजाने बताएका थिए । सोहीअनुसार नेपाल उपविजेता भएर स्वदेश फर्कदा अब्दुल्लाह नेपाल नआइ सिधैँ कतार गएका थिए । न्युज कारखानासँग एन्फाका केन्द्रीय सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक (म्यानेजर) मधुसुदन उपाध्यायले प्रशिक्षक अब्दुल्लाह नेपाल आउन तयार रहेको बताए । ‘प्रशिक्षक पुनः नेपाल फर्कनु हुन्छ । म सँग भएको कुराकानीमा प्रशिक्षक (अब्दुल्लाह) ले नेपाल आउने सहमति जनाउनु भएको छ । दोहाबाट छुटेपछि त्यस्तो केही नभए उहाँँ एक दुई सातामा नेपाल आउनुहुन्छ ।’ पछिल्लो समय नेपाली टोलीको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका उपाध्यायले भने ।
उपाध्यायले पछिल्ला दिनमा प्रशिक्षकले नेपाल बस्ने निर्णय नलिए पनि आफ्ना बाँकी काम सक्काउन भए पनि नेपाल फर्कने बताए । ७७ साल चैतमा एन्फाले पहिलोपटक प्रशिक्षक अब्दुल्लाहलाई नेपालको प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनको सम्झौता ५ कात्तिकमा सकिदैछ ।
यसअघि प्रो लाईसेन्स प्राप्त स्विडिस मुख्य प्रशिक्षक योहान कालिनले पारिवारिक समस्या देखाउँदै नेपाल नफर्कने बताएपछि नेपाली टोलीको कार्यकारी प्रशिक्षक जिम्मा बालगोपाल महर्जनले पाएका थिए । तर, उनीसँग फिफा विश्वकप छनोटका बाँकी खेल खेलाउन ‘एएफसी प्रो लाईसेन्स’ नभएपछि एन्फाले कतार फुटबल संघको सहयोगमा कुवेती नागरिक अब्दुल्लाहलाई मुख्य प्रशिक्षक नियुक्ति गरेको थियो ।
पछिल्लो समय मैदानमा सफलता पाउँदै गएका प्रशिक्षक अब्दुल्लाह वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसँगको लफडा र त्यसपछिका क्रियाकलापपछि लगातार नेपाल राष्ट्रिय टोलीसँग नरहने बताउँदै आएका थिए । उनले हालसम्म तीनपटक सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजिनामा दिने बताइसकेका छन् ।
यता, एन्फाको अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबार ९आज० नै सामाजिक सन्जालमा प्रशिक्षक अब्दुल्लाहसँग राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउन छलफल भएको बताएका छन् । कतारमा भएको भेटपछि सामाजिक सन्जालमा फोटो राख्दै शेर्पाले भनेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुद बनाउने सम्बन्धमा आज हाम्रो छलफल भयो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार