१६ मंसिर २०७८, बिहीबार

चीनबाट रासायनिक मल आउन सुरु

प्रकाशित मिति :  ३ कार्तिक २०७८, बुधबार १६:१६


३ कात्तिक , चौतारा । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ ।

तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए ।

हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो । तर चिनियाँ पक्षले समन्वयकारी भूमिका निर्वाह नगरेको हुँदा लामो समयसम्म सो मल खासा क्षेत्रमै रेकिएर रहेको सिल्क ट्रान्सपोर्ट प्रालिले आरोप लगाएको छ ।

किसानहरुले धानबाली भित्र्याई सकेपछि आलु तथा गुहँबाली सुरु गर्ने गर्दछन् । त्यसका लागि मलको अभाव हुन नदिने उद्देश्य राखी कृषि सामग्री कम्पनीले चीनबाट मल झिकाउन समयमै ठेक्का प्रक्रिया पु¥याएको थियोे । यद्यपि चिनियाँ पक्षले समयमै नेपाल पठाउन चासो नदिएपछि मल आउन ढिलाइ भएको हो । नेपाल सरकारले यसअघि पनि साल्ट टे«डिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल मगाएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा