१६ मंसिर २०७८, बिहीबार
कोरोना भाइरस

पछिल्लो २४ घण्टामा थप ६६२ संक्रमण, १३ जनाको मृत्यु

प्रकाशित मिति :  ३ कार्तिक २०७८, बुधबार १६:५९


३ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ४२६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५३५ र एन्टिजेन विधिबाट १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७५८ जना संक्रमणमुक्त भएका छन ।

मन्त्रालयका अनुसार २४ घण्टामै थप १३ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार ३१८ जनाको मृत्यु भइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।

अहिले देशभर पीसीआर परीक्षणको संक्रमणदर ७।६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले बताए । पहिलेको तुलनामा संक्रमणदर कम भएपछि जोखिम उत्तिकै रहेको उनको भनाइ छ । नेपालको हालसम्मको कुल संक्रमणदर १८।६ प्रतिशत रहेको छ ।

हालसम्म पीसीआर परीक्षणबाट ८ लाख ७ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९३ हजार ६९७ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ ।

जम्मा कोरोना पुष्टि हुनेको संख्या ९ लाख ७४८ पुगेको प्रवक्ता पौडेलले जानकारी दिए । ७ लाख ८४ हजार १५५ जना कोरोनामुक्त भएका छन् ।

कोरोनाबाट मुक्त हुनेको संख्या ११ हजार ३१८ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमित ११ हजार ५७९ जना छन् । जसमा १० हजार ७७३ होम आइसोलेसनमा र ८०७ जना संस्थागत आइसोलेसनमा रहेको प्रवक्ता पौडेलले बताए । यस मध्ये २७६ जना आइसीयू र १०४ जना भेन्टिलेटरमा छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा