१६ मंसिर २०७८, बिहीबार
अविरल वर्षा

कोसी राजमार्ग २२ घन्टापछि पुनः संचालन

प्रकाशित मिति :  ३ कार्तिक २०७८, बुधबार १८:३१


३ कार्तिक, धनकुटा । लेउती खोलाले बगाएको कोसी राजमार्ग २२ घन्टापछि पुनः संचालन भएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनाको सक्रियतामा राजमार्ग अस्थायी रूपमा संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।

उनका अनुसार स्काभेटरले तत्कालका लागि अस्थायी बाटो बनाएको हो । लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका-६ फेदीमा करिब ५० मिटर सडक बगाएको थियो । धरानदेखि कोसी पहाडी तथा कोसी पहाडदेखि धरान झरेका सयौँ साना-ठूला गाडी अलपत्र परेका थिए ।

त्यस क्षेत्रमा अहिले पनि अविरल रूपमा वर्षा भइरहेको छ । खोलामा बालुवा र माटोको लेदोसहितको बाढी अहिले आइरहेको छ । बाटो सफा गर्न चारवटा स्काभेटर परिचालन गरिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा






तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता