कठै ती धानहरु !
नेपालबहस संवाददाता
कात्तिक ४, २०७८ बिहिबार १४:५५:६
बेलुका कति बेलादेखी पानी पर्या पत्तो नभए पनि बिहान चाहिँ झरी परिरहेकै बेला उठे म । बिहानीको शुभ समय त पानी रोक्किएला कि भन्दैमा बित्यो । एकै छिनमा खाना खाने समय पनि भइगयो । खाना खाएसी पो पानी रहला कि भन्या त्यो पनि मेरो चाहना मात्र भयो ।
दिन भरी नै पानी परेको परै शुभदिन पनि पानीले खतम पारिदियो । यो लेख्दा पनि परिरहेकै छ । सम्भवत: शुभरात्री पनि खतम नै हुनेछ । दिन त तास खेलेर, सुतेर जसोतसो पार लाग्यो, रात पनि सुतेरै बित्ला । तर रोकिएन भने भोलि के होला भन्ने बारे पूरै तनमन यसैमा धरेर सोचमग्न थिए । मामुबाट आदेश आयो “मेरो औषधि सक्किएछ जा त लिएर आइज।”
ठ्याक्कै दिउँसोको ४ बजेर १५ मिनेट हुँदा म मामुको आदेश पालना गर्न अन्दाजी १ कि. मी पर पर्ने औषधालय तिर लागे । एक हातले छाता समाती अर्को हात पाइन्टको गोजिमा हालेर हिडे । अरे हौँ गाठे ! घर पर्तिरको खोल्सो त पुरै जलाम्मे पो छ त ! मुलै फुटो क्या हो ? रा..म रा..म ! सडक पनि पुरै हिल्लाम्मे हैन यो मौसम चाहिँ बर्खाको हो कि पर्वको हौँ ? मौसम देखर मलाई ताजुब लाग्यो । ताजुब नै लागे पनि बर्षातमा हिड्ने अवसर प्राप्त भएकाले ताजुबताका सात म हिडिरए फर्मिन जि वान नामक औषधि लिन ।
यो कु-बेलाको बर्षातमा मलाई कुनै पनि रोमाञ्चकताले छोएकै थिएन । मलाई लाग्छ यो भोग्ने कसैलाई पनि यसको रोमाञ्चकताले छुदैन । तर आश्चर्य सडक नजिक उभिएका सधैं धुलाम्मे र उदास हुने कदम, सिसौ, आँप, कुटमिरो, चाप, खमारी र टिकका बृक्षहरु भने बढो रोमाञ्चित देखिन्थे । ठ्याक्कै नव दुलही जस्तै । कताकता लजाए जस्तो, कताकता धकाए जस्तो, खुल्न खोजेको तर खुल्नै नसके जस्तो । वाह ! ती बृक्षाहरुको सुन्दरता ।
मलाई त आरिस नै लाग्यो यिनीहरुको सुन्दरता देखेर । सोचे कुनै प्रगतीवादी लेखकले यी वृक्षहरुको सुन्दरताको बयान कसरी गर्दा हुन् ? बाटो छेउका बृक्षहरुको सुन्दरता हेर्दै हिडिरहेको मेरो नजर अचानक खेतको धानहरुमा पर्यो । धान देख्या मात्र के थिए ममा बैरागी जागीहाल्यो । हे दैव सोतर भएर लडेका छन् धानहरु । के यसरी सोतर हुने उनीहरुको इच्छा थियो होला र ?
उनीहरुको इच्छाले त उनीहरु सितसँग खेल्दै आफुलाई भरिलो र झरिलो पार्न चाहदा हुन् । तर उनीहरुको भाग्यमा यो अविरल र भीषण वर्षा पर्यो । कहाँ थियो र उनीहरुसँग यो हुरी सहितको वर्षा थेग्ने सामार्थ्य । भीषण वर्षा मात्र हो र ? हुरी पनि । कठै यी धानहरु, कठै यिनका मालिकहरु ! साच्चै अरु व्यवसायलाई ह्रासको समयमा पुनः उठाउन सरकारले मद्दत गरे झै अब किसानहरुलाई पुनः उठाउन, भोकमरीबाट बचाउन सरकारले कुनै पहल गर्ला कि नगर्ला ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार