बेमौसमी अविरल वर्षाले खोस्यो किसानको खुशी
नेपालबहस संवाददाता
कात्तिक ४, २०७८ बिहिबार २०:३९:५१
४ कार्तिक, लमजुङ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दशैं चटारोका कारण धान काट्न भ्याएका थिएनन् ।
दश टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । तर गत असोज ३१ गतेदेखि परेको बेमौसमी अविरल वर्षाका कारण लमजुङमा ७२ दशमलव २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पु¥याइएको छ ।
कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लामा कूल क्षेत्रफल १४ हजार ९७३ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमध्ये शून्य दशमलव ५ प्रतिशत क्षेत्रफलमा क्षति पुगेको छ । केन्द्रका प्रमुख सुदिप खतिवडाले भने, “अधिकांशमा ठाउँमा आंशिक क्षति भएको छ । दश मनाउँदै गर्दा समेत धान पाकेकाले थन्काउनलाई काटेको अधिकांश धानबालीमा क्षति हुनपुगेको उनको भनाइ छ ।
जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु¥याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । “दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ”, राइनास नगरपालिका–८ का लालमाया श्रेष्ठले भने, “कमेरो फाँटमा धान काटेको थिएँ, पाँच हलको धान खेतमा क्षति पुगेको छ । दुःख गरेर उब्जाएको धान पनि थन्काउन नपाएपछि कसरी खाने भन्नुपर्ने स्थिति आउन थालेको छ ।” “यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन । धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो”, उनले भने । वर्षाले धानबालीमा क्षति पु¥याउँदा किसान निराश बनेको उनको भनाइ छ ।
त्यस्तै, मध्यनेपाल नगरपालिकाका मोहन पौडेलले भने, “यहाँका अधिकांश खेतका धान पानीले डुबाउनुका साथै क्षति पु¥याएको छ । महिनौं खटिएर गरेको धानखेती क्षति हुँदा किसान रोएको उनको भनाइ छ । जिल्लाका अधिकांश किसानको समस्या उनीहरु जस्तै छन् ।
जिल्लामा ४५ हजार ९९० मेट्रिक टन धान उत्पादन हुने गरेको अनुमान छ । तर यसवर्ष धान उत्पादन घट्ने ज्ञान केन्द्रको अनुमान छ । जिल्लामा धानबाली मात्र नभइ अन्य बन्दा, काउली, नर्सरी लगायतमा क्षति पुगेको छ । केन्द्र प्रमुख खतिवडाका अनुसार एक हजार ३५० हेक्टरमा तरकारी खेती गरिएकोमा ७ हेक्टरमा क्षति पुगेको छ ।
त्यस्तै, मास, कोदोलगायतका अन्नबालीमा समेत क्षति पुगेको छ । दश मनाएर खुसीका साथ बाली थन्काउने तयारीमा रहेका जिल्लाका किसानलाई बेमौसमी वर्षाले किसानको खुशी खोसिदिएको छ । दुःख गरेजति अन्नबाली नउब्जने भए पनि खेती गरेका किसानलाई झन् समस्यामा पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार