रहेनन् सबैका प्रिय मोहन सर
नेपालबहस संवाददाता
कात्तिक ४, २०७८ बिहिबार २१:५७:२९
सीपी लोहिया
४ कात्तिक, बैतडी । बैतडीको पाटन बजारस्थित पाटन बहुमुखी क्याम्पसका उप–प्राध्यापक मोहन जोशीको बुधबार भारतको पिथौरागडमा भएको दुर्घटनामा मृत्यु भयो । ४६ वर्षीय जोशीको निधनमा बिहीबार एक हजारभन्दा बढी व्यक्ति सहभागी भएर शवयात्रा निकालियो । उनी र उनीसँगै ज्यान गुमाएका दीपक अवस्थीको त्रिपुरेश्वर आर्यघाटमा शुक्रबार दिउँसो दाहसंस्कार गरियो ।
को थिए मोहन सर ?
पाटन बहुमुखी क्याम्पसका उपप्राध्यापक मोहन जोशी सबै विद्यार्थीहरू र स्थानीयवासीका प्रिय व्यक्ति थिए । उनी आफँैले पढाउने विद्यार्थीहरूलाई तपाईं अथवा हजुर भनेर बोल्ने गर्दथे ।
जोशी अंग्रेजी विषयका अध्यापक थिए । जोशीको निधनले क्याम्पसलाई मात्रै नभई समग्र समाजलाई अपूरणीय क्षति पुर्याएको पाटन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उत्तम भण्डारीले बताए ।
उनले भने ‘यस क्याम्पसमा ‘२०६५ सालदेखि कार्यरत मोहनजी सबै विद्यार्थी र स्टाफहरूका प्रिय थिए । उनी सबैले सम्मान गरेका व्यक्ति हुन् । बुबा पुजारी भएकाले उनी पनि पूजापाठमा सरिक हुने गर्दथे । पूजापाठकै सिलसिलामा भारत गएका उनीसहित पाँच जनाको जिप दुर्घटनामा निधन भयो । उनको निधनले पाटनवासीसहित सबै जिल्लावासी स्तब्ध छौँ ।’
शुक्रबार सीमावर्ती गाउँ भारतको पिथौरागडमा उदयदेव मन्दिरको शिलान्यास गर्ने कार्यक्रम थियो । शिलान्यास गर्नका लागि चारधामको जल ल्याएर फर्किने बेला जिप दुर्घटना भएको हो ।
पिथौरागडमा ज्यान गुमाएका जोशीले उच्च शिक्षा पिथौरागडबाटै अध्ययन गरेका थिए । कक्षा १२ पास गरेपछि सीमावर्ती भारतको पिथौरागड गएका जोशीले पिथौरागड निवासी विनोदबहादुर चन्दको घरमा बसेर पढेका थिए । अन्ततः भारतीय सेनाका रिटायर्ड चन्दले नै चलाएको गाडी दुर्घटनामा जोशी र चन्दसहित पाँच जनाले ज्यान गुमाएका हुन् ।
मृतक जोशी हरेक सामाजिक क्रियाकलापमा अग्रसर हुने व्यक्ति थिए । विवाह, व्रतबन्ध, जात्रा तथा कुनै पनि शुभकार्य हुँदा जोशी खटनपटनमा अग्रसर हुने गर्दथे । आफू पुजारी÷पण्डितको छोरा भए पनि जातीय विभेद र सबैखाले सामाजिक विभेद हटाउन अग्रसर हुने गरेको स्थानीय कमल बोहराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार