धरानबाट दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ५, २०७८ शुक्रबार १३:१८:१
प्रकाश तिम्सिना
५ कार्तिक, सुनसरी । सुनसरीको धरानबाट स्रोत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन् । रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका(२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ ।
दुबै जना रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किएका थिए । सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । डिएसपी कुँवरले भने ‘हामीले कहाँबाट आयो यो सुन र नगद भन्यौँ उनीहरूले कुनै खरिद गरेको बिल तथा प्रमाण देखाउन नसकेपछि पक्राउ गरेका हौँ । के हो भन्ने थप अनुसन्धानबाट खुल्ने छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कोशी प्रदेशमा संकल्प प्रस्ताव बहुमतले पारित
बैशाख ७, २०८१ शुक्रबार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार