१६ मंसिर २०७८, बिहीबार

गुल्मीमा विद्युत अनियमित, प्राधिकरणलाई एक हप्ते अल्टिमेटम

प्रकाशित मिति :  ६ कार्तिक २०७८, शनिबार १०:२०


६ कार्तिक, गुल्मी । गुल्मीमा विद्युत अनियमित भएपछि उपभोक्ताले हैरानी खेपिरहेका छन् । साँझ बत्ती झ्यापझ्याप जान थालेपछि नेपाल विद्युत प्राधिकरणलाई एक हप्ते अल्टिमेटम दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विद्युत प्राधिकरणको कार्यालय, नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयका प्रमुख र उद्योग वाणिज्य संघसँग छलफल गरेका थिए ।

पौडेलका अनुसार विद्युत कार्यालयले एक हप्ताभित्र जिल्ला तथा क्षेत्रको सहयोगमा प्राविधिक समस्याको पहिचान गरेर सेवा नियमित गर्ने प्रतिवद्धता जनाएको छ ।

मोबाइल फोन नलाग्ने समस्या पनि उस्तै छ । नेपाल टेलिकम गुल्मीका प्रमुख रुक्मागत सापकोटाले नेटवर्कको समस्या भएका हाडहाडे, नयाँगाउँ, जैसिथोक, आपचौर, दौंघा र नेटा दर्लिङका टावर एक महिनाभित्र संचालनमा ल्याइने बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा