धनुषा र सर्लाहीका विवादित एसपीको सरुवा
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार १६:५४:४
७ कार्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालयले धनुषा र सर्लाहीमा नयाँ एसपी पठाएको छ । लागूऔषध मुद्धामा चलखेल गरेको आरोप लागेका र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीका एसपीको काज सरुवा गरेको हो ।
प्रधान कार्यालयले धनुषामा कार्यरत एसपी प्रकाश रानाभाट र सर्लाहीमा कार्यरत एसपी सन्तोषसिंह राठौरको काज सरुवा गर्दै उनीहरुलाई प्रहरी प्रधान कार्यालय तानेको स्रोतले जनाएको छ ।
प्रहरी प्रधानकार्यालयले उनीहरुको स्थानमा प्रहरी प्रधान कार्यालयमा रहेका एसपी बसन्त रजौरेलाई धनुषा र प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा रहेका एसपी कृष्ण प्रसाईलाई सर्लाही पठाएको छ ।
एसपी रानाभाटले लागूऔषध मुद्धामा गत फागुजनमा पक्राउ परेका आरोपीहरुको मिसिल कमजोर बनाएको आरोप लागेको थियो । यस बिषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिरहेको जनाएपछि त्यसको परिणाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन् ।
एसपी रानाभाटले गत असारमा लागूऔषध मुद्दाको मिसिल फेरबदल गरेर लाभ लिन खोजेको आरोप लागेको थियो । उनले लागूऔषध मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि छानविन नै भएको थियो ।
२०७७ फागुन ८ गते धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागुऔषध नाइट्रोजन भ्याटसहित तीन जनालाई पक्राउ गरेको घटनामा एसपी रानाभाटले मिसिल नै परिवर्तन गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो ।
लागूऔषधसहित पक्राउ पर्नेहरुमा महोत्तरीको मनरासिसवा नगरपालिका–२ बस्ने २१ वर्षीय केशव सिंह, २० वर्षीय रोशन ठाकुर र २० वर्षीय सहिल सिंह रहेका थिए । त्यसैगरी सर्लाहीका एसपी राठौरले कार्यालयमै तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार