तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
कात्तिक ८, २०७८ सोमबार ११:१६:४२
वि.सं.२०७८ साल कार्तिक ०८ गते । सोमबार । ईश्वी सन् २०२१ अक्टोबर २५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– पंचमी, रातको ०४ बजेर ५६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– मृगशिरा, रातको ०२ बजेर १२ मिनेट उप्रान्त आद्र्रा । योग– परिध, बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त शिब । करण– कौलव, दिउसो ०३ बजेर ५५ मिनेट उप्रान्त तैतिल, रातको ०४ बजेर ५६ मिनेट उप्रान्त गर । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृष, दिउसो १२ बजेर ५६ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २४ मिनेट । दिनमान २७ घडी ५२ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सुचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी हुने तथा लगानी बढाउदा भविस्यमा आम्दानी भईरहनेछ । बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरिको योग रहेकोछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :- बिहानको समय उत्तम रहेकोले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागी अली बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यापार व्यावसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्वन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेकोछ । अध्ययनमा प्रगती हुनेछ तथा राम्रै नतिजा ल्याउन सकिनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाईलेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- सामाजिक तथा धार्मिक काममा अभिरुची बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाईलेखाईको सवालमा शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सोनो प्रयत्नले ठुला उपलव्धी हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिती रहनेछ । बिहानको समयमा प्रेममा मनमुटाब बढ्नेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- बिहानको समय राम्रो रहेकोले पढाईलेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नया ठाँउमा नयाँ नियूक्ति तथा काम गरिरहेको ठाउमा बढोत्तरी हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पती तथा सवारीसाधन प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेकोछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाईलेखाईमा सहपाठी हरुलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यावसाय सुचारु गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने मावली पक्षबाट सहयोग पाईनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- विद्या स्थानमा गोचर गर्ने चन्द्रमाले पढाईलेखाईमा सफलता हात पार्न सकिनेछ । बुद्धिको प्रयोग गरी अरुलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाईने तथा उनिहरुको प्रगतिमा मन रमाउँनेछ । मनमुटुमा राखेको मानिसबाट उपाहार प्राप्त हुदा तपाईभन्दा खुशि अरु कोहि हुने छैनन् ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- राजनीतिज्ञ तथा समाजसेवीका लागी समय मध्यम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागी समय उत्तम रहेकोछ । घरजग्गा तथा सवारी साधन सम्वन्धी विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजादा अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यम रहेकोछ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार