गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरु
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार २०:४३:१७
८ कार्तिक, वालिङ । स्याङ्जाको गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरु गरिएको छ । गल्याङ नगरपालिकाको व्यवस्थापनमा वडा नं ३ बल्पुकमा सञ्चालन हुँदै आएको अस्पतालले पहिलो पटक दन्त उपचार सेवा सुरु गरेको हो ।
रोटरी क्लब अफ काठमाडौं नर्थको पहलमा रोटरी क्लब अफ उक जिङजङ न्यू ताईपेय/ताईवान र रोटरी क्लब अफ आइआरडीको सहयोगमा दन्त उपचार सेवा सुरु गरिएको अस्पताल प्रशासक थानापति न्यौपानेले जानकारी दिए । रोटरी क्लबले मेसिन तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो भने कान्तिपुर डेन्टल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सेवा थालिएको उनले बताए ।
अस्पताल, रोटरी क्लब र कान्तिपुर अस्पतालबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार दुई वर्षसम्मको सञ्चालन तथा व्यवस्थापन रोटरी क्लब र कान्तिपुर डेन्टल अस्पतालले गर्ने तथा त्यसपछि अस्पतालले व्यवस्थापन गर्ने छ । सुरुआतका क्रममा कान्तिपुर डेन्टल अस्पतालले दुई दन्त विशेषज्ञ उपलब्ध गराएको छ ।
यसअघि दाँतका बिरामीले निजी क्लिनिकमा चर्को मूल्य तिर्नुपर्ने वा पाल्पा, पोखरा, वालिङलगायतका अस्पतालबाट सेवा लिँदै आएका थिए । स्थानीय अस्पतालले ठाउँ, कान्तिपुर डेन्टल शिक्षण अस्पतालले दक्षजनशक्ति र रोटरी क्लबले अन्य आवश्यक औंजार तथा उपकरण उपलब्ध गराउने सम्झौता भएको रोटरी क्लब अफ काठमाडौँ नर्थका पब्लिक ईमेज अध्यक्ष एवं कान्तिपुर डेन्टल शिक्षण अस्पतालका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार