नासिर विश्व च्याम्पियनसिपमा छनौट हुन सफल
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार २३:२५:३०
८ कार्तिक, काठमाडौं । नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित अवुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनौट हुन सफल भएका छन् ।
नेपाल पौडी संघले आइतबार सातदोवाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनौट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनेट ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनौट भएका हुन् ।
यसअघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेण्डर गादेगाद शाहको नाममा २ मिनेट ००.०४ सेकेण्डको कीर्तिमान थियो । शाहले उक्त कीर्तिमान २ वर्षअघि काठमाडौँमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा भएको पौडी प्रतियोगितामा राखेका थिए ।
दुई पुरुष र दुई महिलाको लागि भएको छनौट प्रतियोगितामा ओलम्पियन शाह पनि छनौट भएका छन् । नेपाल पौडी संघले जापानमा आयोजना भएको ओलम्पिकमा सहभागी भएका दुई खेलाडी एलेक्जेण्डर शाह र गौरिका उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेकोले उनीहरूको निरन्तर प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता जनाइरहेको र फिना अंकको निकट समयलाई कायम राखेको आधारलाई मापदण्ड बनाई विश्व च्याम्पियनसिपमा छनौट गर्ने निर्णय गरेकोमा शाहले उक्त मापदण्डलाई पुरा गरेका कारण छनौट हुन सफल भएका जनाएको छ । तर, गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा विदेश रहेका कारण सहभागी हुन नसकेको नेपाल पौडी संघले जनाएको छ ।
दुई महिलातर्फ अनुशिया तण्डुकार र उपास्ती महर्जनले विश्व च्याम्पियनसिपको लागि छनौट हुने सौभाग्य प्राप्त गरेका छन् । अनुशियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.६० सेकेण्ड समयका साथ ५१७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६।२६ सेकेण्ड समयका साथ ४८९ फिना अंकका साथ छनौट हुन सफल भएका हुन् ।
सोही छनौटका क्रममै भएको पुरुष १०० मिटर बटरफ्लाइमा अनुभव सुब्बाले पनि राष्ट्रिय कीर्तिमान कायम गरे । उनले उक्त दूरी ५९.१० सेकेण्डमा पूरा गरेका थिए । यसअघि उक्त दूरीको कीर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनट ००.२५ सेकेण्डको थियो । शाहले उक्त कीर्तिमान नेपालगञ्जमा आयोजना भएको ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार