विकासपछि च्यासलमा अर्का दुई विदेशी खेलाडी थप
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार २३:२९:४१
८ कार्तिक, काठमाडौं । आगामी शहिद स्मारक ए डिभिजन लिगका लागि च्यासस युथ क्लबले आफ्नो विदेशी खेलाडी संख्या तीन पुर्याएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै च्यासलले दुई क्यामरुनी खेलाडी अनुबन्ध गरेसँगै च्यासलले २९ कात्तिकदेखि सुरु हुने तय भएको ए डिभिजन लिगको लागि विदेशी खेलाडी संख्या तीन पुर्याएको हो ।
च्यासलले सोमबार क्यामरुनका कित्वा यान्निक र मौसा अबागानालाई यस सिजनका लागि क्लबमा भित्र्याएको हो । यान्निक २२ वर्षका हुन् भने मौसा २५ वर्षका छन् ।
यी दुवै खेलाडीले जेठमा आयोजना भएको पहिलो नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थण्डर्सको प्रतिनिधित्व गरेका थिए । त्यसअघि अफ्रिकन रुट्स एसोसिएसनबाट मोफसल प्रतियोगिता खेल्न यो टोली नेपाल आएको थियो ।
गत हप्ता च्यासलले विदेशी खेलाडीको रूपमा इटालीको यू–१६ टोलीबाट खेलेका विकास मेराग्लियालाई टोलीमा समावेश गरेको थियो । आगामी ए डिभिजन लिगमा दुई करोडको खर्च गर्ने तयारीमा रहेको च्यासलले अनुबन्ध गरेको ठुलो नाम विकास हो ।
यस्तै, च्यासलले राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनलाई क्लबमा भित्र्याएको छ । त्यस्तै राष्ट्रिय टोलीका अर्का सदस्य कमल श्रेष्ठलाई समेत क्लबले अनुबन्ध गरेको छ ।
गत सिजन च्यासलबाट लिग खेलेका अमिर श्रेष्ठ, नितिन थापा, हेमन्त थापामगर, दिनेश राजवंशी, सुनिल बललगायतका खेलाडीले क्लब छाडिसकेका छन् ।
यता, च्यासलले तीन विदेशी खेलाडी भित्र्याएसँगै अब दक्षिण एसियाली कोटा मात्र बाँकी छ । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले ए डिभिजन लिगमा चार विदेशी खेलाडी भित्र्याउँदा एक दक्षिण एसियाली मुलुकको खेलाडी अनिवार्य गरेको छ ।
ए डिभिजन लिगमा सुरुवाती एघारमा दक्षिण एसियाली मुलुकका एक खेलाडीसहित चार खेलाडी प्लेईङ सेटमा खेलाउन पाइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार