तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
कात्तिक १०, २०७८ बुधबार ११:४२:१६
वि.सं.२०७८ साल कार्तिक १० गते । बुधबार । ईश्वी सन् २०२१ अक्टोबर २७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– षष्ठी,बिहान ०६ बजेर ४७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–पुनर्वशु, अहोरात्र । योग– सिद्ध, रातको १२ बजेर २४ मिनेट उप्रान्त साध्य । करण–वणिज, बिहान ०६ बजेर ४७ मिनेट उप्रान्त भद्रा । बेलुकी ०७ बजेर ३५ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २७ घडी ५६ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिनेछ । बिवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछिसम्म आम्दानी हुने व्यावसायमा लगानी बढाउन सकिनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ भने आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :- सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ । साँझपख समय राम्रो रहेकोले आर्थिक क्षेत्र राम्रो रहेकोछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- सवारीसाधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरी आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । मायाप्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । मायाप्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । मायाप्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउने तथा सत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धी हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वाताबरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशि वस्तु प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगती देख्न पाईनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कप्तान रोहित पनि आउट !
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार