एनआरएन फाउण्डेशनको विधिवत रुपमा दर्ता
नेपालबहस संवाददाता
कात्तिक १०, २०७८ बुधबार २२:२८:३४
१० कार्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेसंगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन नामक एक मुनाफा वितरण नगर्ने संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा दर्ता गरेको छ ।
गैरआवासीय नेपाली संघका अनुसार एनआरएन फाउण्डेशन यहि आश्विन ४ गते विधिवत रुपमा दर्ता गरिएकाे हाे । यो फाउण्डेशन एक व्यावसायिक सिमित दायित्व भएको (Professional Limited Liability), गैर नाफामूलक (Non-Profit Making), गैर-राजनीतिक (Non-Political) तथा गैर–सरकारी (Non-Governmental) संस्थाका रुपमा रही सामाजिक तथा अन्य परोपकारी कार्यहरु (Social and Other Charitable Programs गर्ने एक व्यावसायिक फाउण्डेशन (Professional Foundation) हुनेछ ।
फाउण्डेशनका संस्थापक सदस्यहरुमा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्दै संघका हालका अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र प्रतिष्ठित अभिनेत्री मनिषा कोईराला रहेका छन् ।
फाउण्डेशनको पहिलो आधिकारीक बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । साथै अन्य सदस्यहरुमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्व संरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका) लाई मनोनित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार