समुद्रमुनी अनुसन्धानमा जाने मानिसहरु ह्वेलको आक्रमणमा
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार १६:३५:५९
११ कार्तिक, एजेन्सी । पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन थालेका छन् । विशेषतः समुद्रमुनी अनुसन्धान र साहसिक गतिविधिमा जाने मानिसहरु ह्वेलको आक्रमणमा पर्ने गरेका छन् ।
तर, यस्तो आक्रमण बढ्नुमा ह्वेल माछा आफै झुक्किएर हो । उनीहरुले मानिसलाई समुद्री जनाबर सिल जस्तो मानेर आक्रमण गरेका हुन् । सिल सेता ह्वेल माछाको मन पर्ने शिकार हो ।
सेता ह्वेलले मानिसहरुलाई आक्रमण गरेपछि अस्ट्रेलियाका वैज्ञानिकहरुको एउटा समूहले यसबारेमा एउटा अध्ययन पनि गरेका थिए । उनीहरुले पौडी खेल्ने र सर्फबोर्ड चलाएका व्यक्तिहरुको भिडियो फुटेज अध्ययन गरेका थिए । सर्फबोर्ड समुद्रमा तैरिदा र हिउँमा स्केटिङ गर्दा प्रयोग हुन्छ ।
वैज्ञानिकहरुले भिडियो फुटेजलाई विभिन्न कोणबाट अवलोकन गरेका थिए । अवलोकन गर्दा मानिस र सील दुरुस्तै देखिएका थिए । पानीमुनिको सतहबाट हेर्दा पनि सील र मानिसलाई छुट्टाउन वैज्ञानिकलाई नै हम्मे परेको थियो । मानिस र सीलबीचको आकार पनि दुरुस्तै देखिएको थियो ।
‘वास्तवमा ह्वेलले मानिसलाई मार्ने रहेनछ , बरु सील जस्तो लागेर उनीहरुले आक्रमण गर्दा रहेछन,’ अनुसन्धान टोलीकी नेतृ डा। लाउरा रायन भन्छिन् ।
अनुसन्धानकर्ताहरू विशेषत सेता सार्कमा केन्द्रित भएर अध्ययन गरेका थिए । यो पनि विश्वास गरिन्छ की सार्कले अन्य प्राणीले जस्तो रंग छुट्टाउन सक्दैनन् । अर्थात उनीहरुमा रंग छुट्टाउने क्षमता सीमित हुन्छ । ‘रंग छुट्टाउने उनीहरुको क्षमता हाम्रो भन्दा कमजोर हुन्छ,’ रायन भन्छिन् ।
सार्क जब बढ्दै जान्छ, उसका आँखा ठूलो हुन्छ । आँखा ठूलो भएपछि उनीहरुको फोकस एउटा भन्दा पनि धेरै बस्तुमा हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार