असान्जलाई सुपुर्दगी गर्न उच्च न्यायालसमक्ष अनुरोध
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार १६:३९:२६
११ कार्तिक, न्युयोर्क । अमेरिकी कानूनबिदले विकिलिक्सका संस्थापक जुलियान असान्जलाई सुपुर्दगी गर्न बेलायतको उच्च न्यायालसमक्ष अनुरोध गरेका छन् । अमेरिकाविरुद्ध गुप्तचर गरेको र अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा असान्जलाई सुपुर्दगी गर्न अमेरिकी वकिलहरुले माग गरेका हुन् ।
यसअघि लन्डनको एक अदालतले असान्जलाई अमेरिकालाई सुम्पिने हो भने त्यसले निकै खराब परिणाम निम्त्याउने चेतावनी दिएको थियो । असान्जको मानिस स्वास्थ्य जटिल बनेको बेलायतको भनाई छ । ५० वर्षीय असान्जालाई कैदमा नराखिने अमेरिकाले अदालतलाई बचन दिएको छ, तर अमेरिकी बचनप्रति बेलायत विश्वस्त हुन सकेको छैन् ।
अमेरिकी सरकारका वकिलहरुले असान्जलाई सुपुर्दगी नगर्ने फैसला उल्टाउन बेलायतको उच्च अदालतलाई अनुरोध गरेका छन् । असान्जले ‘क्लिनिकल र मनोवैज्ञानिक उपचार’ पाउने र स्वदेश फिर्तिका लागि सहज गरिदिनेसमेत वकिलहरुले बताएका छन् ।
तर, असान्जलाई अमेरिकाले जेलमा लैजाने र उनीबिरुद्ध मुद्दा चलाउन सक्ने उनका वकिलहरुले आशंका गरेका छन् । असान्जलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गर्न अस्ट्रेलियाले कुनै सुनिश्चितता नदेखाएको उनीहरुले बताएका छन् । असान्ज सन् २०१९ देखि लन्डनको एक कारागारमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार