सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार १९:२:३८
११ कार्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक १० गतेका दिन देशभर रहेको ९८ शाखा कार्यालयहरु मध्ये केन्द्रीय कार्यालय बालुवाटार, शाखा कार्यालयहरु ठिमी, पोखरा न्यूरोड, नेपालगंज, घोराही, धनगढी, नारायणगढ, बुटवल, इटहरी, गोरखा र भैरहवा गरी जम्मा ११ वटा शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम तथा केन्द्रीय कार्यालय बालुवाटारमा थप निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।
वालुवाटार काठमाडौमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ६५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका थिए भने नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ७४३ जना व्यक्तिहरुले रक्तदान गरेका थिए । विभिन्न शाखा कार्यालयमा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा हजार भन्दा वढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मेराकी हेल्थ सोलुसल प्रा.लि.को सहकार्यमा सम्पन्न बालुवाटारमा भएको उक्त स्वास्थ्य परीक्षण शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गराइएको थियो । यस कार्यक्रमले विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल
चैत १५, २०८० बिहिबार
मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा १५० कागतीका विरुवाको वृक्षारोपण
चैत १४, २०८० बुधबार
महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार