विभिन्न जिल्लाबाट लागूऔषधसहित ७ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार १८:५८:२९
११ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित सडकबाट २ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेश र २ थान मोबाइल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका बालाजु बोहराटार बस्ने १९ वर्षीय युवराज स्याङ्बो र जुलाव सिं स्याङ्बो रहेका छन् । महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँट फुटसलस्थित सडकबाट १ सय ५० ग्राम अवैध लागूऔषध गाँजा र ९ सय ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका बस्ने २८ वर्षीय विवेक रुम्बा र काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने ३४ वर्षीय अबिनाश राज भण्डारी रहेका छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रुम्बाको साथबाट ८ सय ५० ग्राम चरेश र भण्डारीको साथबाट १ सय ५० ग्राम गाँजा र ५० ग्राम चरेस सहित फेला पारी दुवै जनालई पक्राउ गरेको हो ।
कपिलवस्तु, बाणगंगा नगरपालिका-२ पिपरा बस्ने २३ वर्षीय निर्मल गिरीलाई ७ ग्राम ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-२ राधाकृष्ण मन्दिर नजिक लु.४९ प ८७४५ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक गिरीलाई पक्राउ गरेको हो ।
उता रुपन्देही, कञ्चन गाउँपालिका-४ भैरवघाट बस्ने २९ वर्षीय नन्द कुमार दर्जीलाई ९ सय मिलिग्राम अबैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँमा लागूऔषध सेवन गरिरहेको अवस्थामा २ जनालाई ईलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले फेला पारी थप अनुसन्धानको गर्ने क्रममा उक्त पदार्थ उनीहरुले नन्द कुमारसँग खरिद गरी ल्याएको खुलेपछि नन्द कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यस्तै झापा, बुद्धशान्ती गाउँपालिका-३ बुधबारे चोकबाट १० ग्राम २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र ११ ग्राम ५० मिलीग्राम अवैध लागूऔषध गाँजा सहित पाँचथर फिदिम नगरपालिका-२ ओदेन बस्ने २३ वर्षीय युरास ईवा लिम्बु लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुद्धबारेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार