१६ मंसिर २०७८, बिहीबार
कमलपोखरी

प्रधानमन्त्री देउवा किनमेलका लागि सिटी सेन्टरमा

प्रकाशित मिति :  ११ कार्तिक २०७८, बिहीबार १३:२९


११ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा किनमेलका लागि कमलपोखरीस्थित सिटी सेन्टर पुगेका छन् । झण्डै एक साता लामो स्कटल्याण्ड भ्रमणमा निस्कने भएपछि बिहीबार देउवा किनमेलमा निस्केका हुन् ।

सचिवालयका अनुसार प्रधानमन्त्री देउवा आज दिउँसो उनी केही सुरक्षा गार्डलाई लिएर किनमेल गर्न कमलपोखरीस्थित सिटी सेन्टर पुगेको बताएको छ ।

देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ‘कोप–२६’ को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा