बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार १९:१५:५३
११ कात्तिक, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तर्गत देशभरिका अस्पताल एवं स्वास्थ चौकीमा स्वास्थ उपकरण हस्तान्तरण गरेको छ । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरससँग लडन सहयोग पुग्ने हेतुले उक्त कार्य गरेको बैंकका अफिसर सुजन पुडासैनीले जानकारी दिए ।
बैंकले देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानियस्तरका अस्पताल तथा स्वास्थ्यचौकीहरुमा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), मास्क, सर्जिकल ग्लब्स र सेनिटाइजरहरु हस्तान्तरण गरेको छ ।
प्रदेश नं १ अन्तर्गत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ अन्तर्गत स्वास्थ्य चौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिका द्वारा संचालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिका द्वारा संचालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेश अन्र्तगत भक्तपुर अस्पताल र किर्तिपुर अस्पताल, लुम्बिनी प्रदेश अन्र्तगत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ तथा सुदुरपश्चिम प्रदेश अन्र्तगत टिकापुर अस्पताल र डडेल्धुरा अस्पताललाई भिन्नभिन्न समारोहहरुका बिच सम्बन्धित अस्पताल तथा स्वास्थ्य चौकीको प्रमुखलाई बैंकको प्रतिनिधीहरुद्वारा उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
उक्त व्यक्तिगत स्वास्थ्य सामग्रीहरुको वितरणले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मिहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य, शिक्षा, दैवीक प्रकोप, वित्तीय साक्षरता लगायत थुप्रै क्षेत्रहरुमा अग्रसर भई सबै प्रदेशहरुमा समानुचित रुपमा सहयोग हस्तान्तरण गरीरहेको जनाएकाेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार