वर्षाले अन्नबालीमा पुर्याएको क्षति विवरण दिन आग्रह
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार २१:३९:३०
११ कार्तिक, खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले हालैको बेमौसमी वर्षाले अन्नबालीमा पुर्याएको क्षति विवरण दिन आग्रह गरेको छ । १५ कात्तिकभित्र आ–आफ्नो समूह वा व्यक्तिगत रुपमा पुगेको क्षतिको विवरण सम्बन्धित वडा कार्यालयमा उपलव्ध गराउन आग्रह गरेको हो ।
गत ३१ असोजयता परेको वर्षाका कारण धान, कोदो, फापर, तरकारी, फलफुललगायत कृषि बालीमा क्षति पुगेपछि गाउँपालिकाले विवरण संकलन थालेको हो । कृषक समूहमार्फत क्षतिको विवरण उपलव्ध गराउन समूहको निर्णय र समूहको छापसहितको निवेदन दिनु पर्ने गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । निवेदनको साथमा व्यक्तिगत रुपमा पुगेको क्षतिको विवरण र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी पनि समावेश गर्न आग्रह गरेको छ ।
क्षतिको मात्राको आधारमा किसानलाई बीउ उपलव्ध गराउने गाउँपालिकाको तयारी छ । ‘हामीले कृषि प्राविधिकमार्फत पनि अन्न बालीमा पुगेको क्षतिको विवरण संकलन गरिरहेका छौँ । किसानलाई पनि निवेदन दिन भनेका छौँ,’ अध्यक्ष निरौलाले भने, ‘राहतका नाममा चामल दिएर हुन्न । बढी क्षति ब्यहोरेका किसानलाई बीउ खरिद गरेर उपलव्ध गराउने सल्लाह गर्दैछौँ । बीउ दिइयो भने पुनः अन्न उब्जाउ हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार