सर्वधन राईले भने सभापतिबाट ‘नो ब्याक’
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार २१:५४:२७
११ कार्तिक, खोटाङ । पूर्व राज्यमन्त्री सर्वधन राईले आसन्न नेपाली कांग्रेस खोटाङको जिल्ला अधिवेशनमा सभापतिबाट ‘ब्याक’ नहुने स्पष्ट पारेका छन् ।
बुधबार दिक्तेलमा पत्रकारसँगको भेटघाट तथा चियापान कार्यक्रममा राईले आगामी १० मंसिरमा हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिमा कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
‘धेरै सोचेर, बुझेर, गहिरो अध्ययन गरेर हाम्रो उम्मेद्वारीको चर्चा चलाएको हो । हाम्रो उम्मेद्वारी कुनै पनि हालतमा ब्याकक हुँदैन । नो ब्याक,’ राईले भने, ‘हामी अगाडि बढ्यौँ । हामी जिते पनि बढ्यौंँ, हारे पनि अगाडि बढ्यौँ । समग्रमा भन्दा सभापतिमा हाम्रो कोहीसित सम्झौता हुँदैन । अरु विषय वस्तु मिलाउने क्रममा सम्झौता हुन सक्छ । तर, सभापतिको विषयवस्तुमा कुनै पनि सम्झौता हुँदैन ।’
सुरुमा सभापतिमा दावी गर्ने तर अन्तिममा पछि हट्ने आशंकाबारे राईले आफू पछि नहट्ने स्पष्ट पारेका छन् । उनले जिल्लामा पार्टीलाई नयाँ उचाइ र गति दिनका लागि सभापतिमा उम्मेद्वारी दिन लागेको बताए ।
‘जिल्लामा कांग्रेसको संगठन अत्यन्तै अव्यस्थित छ । अनुशासनविहीन छ, अव्यवस्थित छ । चेक एन्ड व्यालेन्स केही छैन । संस्थागत भएको छैन । दिनप्रतिदिन पार्टीप्रतिको आकर्षण घट्दो अवस्थामा देखिन्छ,’ राईले भने, ‘नयाँ साथीहरू आइरहनु भएको छ तर जब दिन सकिएको छैन । पार्टी संगठनको मूल प्रवाहमा समावेश गरेर वैचारिक र सैद्धान्तिक तरिकाले जसरी लिएर जानुपर्ने हो त्यो भएको छैन । त्यी सबै अभाव परिपूर्ति गर्न हाम्रो उम्मेद्वारी हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार