किन असफल भयाे म्युजिक भिडियोमा साम्राज्ञी ?
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार २२:७:७
११ कार्तिक, काठमाडौं । भुवन केसीको फिल्म ‘ड्रिम्स’ मा अनमोल केसीको को–स्टार बनेर डेब्यु गर्ने मौका पाएसँगै साम्राज्ञी आरएल शाहको भाग्य चम्कियो । अनमोलसँग जोडी बनेर मात्र होइन, उनकै खुबीको कारण उनी अगाडि बढिन् । त्यसपछि आफू अभिनित फिल्ममार्फत उनले स्टारडम बढाउँदै लागिन् ।
तर, स्टारडमसँगै पब्लिक फिगर भएपछि सोसल मिडियामार्फत दर्शकसामु पुग्ने सिलसिलामा चुक्दा उनी विवादित पनि भइन् । चर्चामै रहँदा साम्राज्ञीलाई धेरै म्युजिक भिडियो अफर भएका छन् । यद्यपि, उनले नट्टु शाहको भिडियो र आफ्नै आमाको गीतमा पूर्वप्रेमी देवांश राणासँग अभिनय गरिन् ।
म्युजिक भिडियोमा खासै नदेखिने एक्ट्रेसमा पर्ने साम्राज्ञी पछिल्लो समय भने भिडियोमा लगातार देखापरिरहिन् । दुई साताको अन्तरालमा उनका दुई भिडियो रिलिज भए ।
निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राजरोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन सेयर गरिन् । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतमा उनलाई दर्शकले भिडियोमा देखे ।
त्यसपछि उनलाई दर्शकले ‘प्रभाव’ बोलको गीतमा देखे । प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वरमा रहेको गीतमा उनले विवेक खड्कासँग स्क्रिन सेयर गरिन् । तर, दुई गीतले नै उनलाई चर्चामा ल्याउन सकेन ।
फिल्ममा ‘डिमाण्ड’ रहेकी एक्ट्रेसलाई भिडियोमा अभिनय गराउँदा पाइने हाइपको अपेक्षामा रहेका भिडियो निर्माता खिस्स भए । भ्युजको आधारमा ‘माया पिरेम’को केही बढी देखिए पनि ‘प्रभाव’को भ्युज निकै न्यून छ ।
साम्राज्ञीको नामको असरले पनि भिडियोलाई केही फरक नपारेको अनुमान सहजै लगाउन सकिन्छ । एक भिडियो निर्देशकले उनले निम्त्याउने गरेको विवादले उनको क्रेजलाई असर गरेको हुन सक्ने संकेत गरे । नाम नखुलाउने सर्तमा ति निर्देशकले भने, ‘उनको कामभन्दा पनि व्यक्तिगत ईस्यूको चर्चा धेरै भयो । सायद त्यसले पनि उनको क्रेज कम गरिरहेको हो कि ।’ त्यसो त डेब्यु फिल्मपछि उनलाई प्रेमजीवनले धेरै नै चर्चामा ल्याउने गरेको छ ।
कामभन्दा बढी अन्य कुराले चर्चामा रहने गरेकी साम्राज्ञीलाई फिल्ममा भने भ्याइनभ्याइ नै छ । तर, उनको मात्र क्रेजको मापन सार्वजनिक दुई भिडियोले पनि गरिरहेको छ । किनकि त्यहाँ चिनिएको अनुहार उनकै नै छ र उनलाई ’फ्री’ मै हेर्नेको संख्या पनि न्यून छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार