१६ मंसिर २०७८, बिहीबार

ड्राइभिङ लाइसेन्सको सेवा खुलेको दुई दिनमै बन्द

प्रकाशित मिति :  ११ कार्तिक २०७८, बिहीबार १७:३३


११ कार्तिक, काठमाडौं । सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ का लागि दिने अनलाइन आवेदन खुलेको दुई दिनमै बन्द भएको छ। प्राविधिक समस्या देखिएकाले ड्राइभिङ लाइसेन्सको सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले बताएको छ।

कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। नियमित रुपमा फारम भर्न सकिने भनिए पनि प्रणाली बन्द भएको भन्दै सेवाग्राहीले दुखेसो पोखेका छन् ।

विभागले आज एक सूचना जारी गर्दै सर्भरमा समस्या देखिएपछि बन्द गरिएको जानकारी दिएको छ । जारी सूचनामा भनिएको छ,‘यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । प्रणाली मर्मतको कार्य भइरहेको व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ ।’ विभागले ६ महिना देखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन सोमबारदेखि खुलेको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा