१६ मंसिर २०७८, बिहीबार
इजलाश
सशस्त्र प्रहरी

नक्कली बलात्कार आरोपमा सशस्त्रका एसएसपी अधिकारीले पाए पूर्ण सफाई, हनी ट्याप गिरोहको पर्दाफास हुँदै

प्रकाशित मिति :  ११ कार्तिक २०७८, बिहीबार २०:०४


११ कार्तिक, काठमाडौं । हनी ट्याप गिरोहको फन्दामा परि नक्कली बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखराका तत्कालीन प्रमुख एवं एसएसपी राजेन्द्रकुमार अधिकारीले पूर्ण सफाई पाएका छन् । गत कार्तिक ८ गते उच्च अदालत पोखराका प्रमुख न्यायाधीश रमेश पोखरेल र न्यायाधीश ऋषिराज भण्डारीको संयूक्त इजलाशले एसएसपी अधिकारीलाई शुरु अदालतकै फैसला सदर गर्दै पूर्ण सफाई दिने निर्णय गरेको हो ।

गत चैतमा जिल्ला अदालत कास्कीले ती युवतीले दिएको बयान, घटनास्थलको तथ्य एवं प्रकृति र विस्तृत अनुसन्धान प्रमाणबाट एसएसपी अधिकारी पूर्ण निर्दोष देखिएको भन्दै सफाई दिएको थियो । न्यायालयले दिएको सफाईपछि हनी ट्याप गिरोह नराम्ररी पराजित भएको छ । अदालतको सफाईपछि एसएसपी अधिकाारीमाथि अनुसन्धान गर्ने संस्था नै कतै यस घटनामा संलग्न त छैन भन्ने आशंका पनि उत्पन्न भएको छ ।

लकडाउनका बेला चितवनदेखि पोखरा पुगेकी भनिएकी ती यूवतीले दिउँसै रात पार्ने गरी लगाएको आरोपमा विश्वास गरेर कास्की प्रहरीले जसरी हल्लाखल्ला गर्दै उनलाई पक्राउ गर्यो, बिना आधार र प्रमाण मुद्धा चलाउने धृष्टता गर्यो, त्यसको क्षतिपूर्ति कसले दिने भन्ने प्रश्न यतिबेला नागरिक समाजले उठाएको छ । उनको बदनामीको भरपाई कसले गर्ने र कसरी गर्ने भन्ने गम्भीर प्रश्न पनि खडा भएको छ । अझ ती यूवतीले कास्का प्रहरीसमक्ष आफूबाट गल्ती भएको, बलात्कारको घटना हुँदै नभएकोले उजुरी फिर्ता लिने बताइरहँदा पनि प्रहरीले रातभरी धम्क्यााएर जबरजस्ती मुद्धा दर्ता गर्न लगाएको थियो ।

सशस्त्र प्रहरीभित्र योग्य, इमान्दार र निश्कलंक छवि बनाएका अधिकारीको व्यक्तित्व, उनले देशविदेशमा पाएको उचाई, उनको क्षमता र दक्षतादेखि रिसईवी गर्ने संगठनभित्र र बाहिरको गिरोहले उनलाई पेशेवर यूवती प्रयोग गरेर जबरजस्ती फसाएको थियो । डीआईजीको बढुवा हुनै लाग्दा उनलाई नक्कली बलात्कारको मुद्धा लगाएर बढुवाबाट बञ्चित गरिएको थियो ।

देश र जनताको शान्तिसुरक्षा र निश्पक्ष न्याय सम्पादन गर्नुपर्ने प्रहरी संगठन कै कतिपय खुराफाती अधिकृतहरु आफ्नै संगठनभित्रका सहकर्मी साथीको क्यारियर सिध्याउन कसरी लाग्छन् भन्ने यो घटनाबाट प्रष्ट हुन्छ । देशभक्तिको काम गर्दा सेरिएर मर्नु परेको काजी भीमसेन थापाको इतिहास पढेका हामी नेपालीले यसबाट पनि ठूलो पाठ सिक्नु पर्ने भएको छ ।

उच्च विश्लेषण क्षमता र सोझो प्रकृतिका अधिकारी प्रहरीभित्र मास्टर माइण्डका रुपमा परिचित छन् । विदेशस्थित शान्ति मिशनमा जान खुला प्रतिस्पर्धा हुँदा धेरै प्रहरी अधिकृतहरु फेल भई सशस्त्र प्रहरीको शुन्य सहभागिता हुन लाग्दा उनले त्यस्ता दर्जनौं परीक्षा पास गरेर संगठनको इज्जत राखेका थिए । तीन बर्षमा एकपटक मात्र मिशन जान पाईने सशस्त्र प्रहरीको नियमावली साेही कारण परिवर्तन समेत गर्नु परेको थियो ।

बलात्कारको आरोप लगाउने यूवती हनी ट्याप गिरोहकी सदस्य

यस्तो ¥याकेट चलाउने गिरोहमा कतिपय प्रहरीहरुकै संलग्नता छ भन्ने विषय व्यापक चर्चामा छ । एसएसपी अधिकारीमाथि बलात्कारको आरोप लगाउने यूवती सशस्त्र प्रहरी कै बहालवाला र भूतपूर्व अधिकृतहरुद्धारा सञ्चालित त्यही हनी ट्याप गिरोहकी संगठित सदस्य रहेको बताइएको छ । गणतन्त्र स्थापनापछि महिला र बालबालिकामाथि हुनसक्ने सम्भावित अपराध र अत्याचारको बचाउका लागि मूलुकी अपराध संहितामा भएको कडा प्रावधानको गलत फाइदा उठाउने धन्दामा कतिपय अधिकारकर्मीहरु न पछिल्लो समय लागि परेको बताइन्छ ।

महिला हिंसाका नाममा सोझासिधा र इमान्दार व्यक्तिहरुलाई पेशेवर यूवतीको प्रयोग गरी बदनाम गराउने र पैसा असुल्ने संगठित धन्दा पछिल्लो समय निकै मौलाएको छ । प्रहरी संगठन र विभिन्न निकायमा आफूभन्दा माथिल्लो तहमा जानसक्ने क्षमतावान कोही अफिसर छ भने सहकर्मीहरुबाटै काल्पनिक आरोप लगाएर बदनाम गराउने र दुख दिने प्रवृति मौलाउँदै जान थालेको छ । त्यस्तै कसैलाई तह लगाउनु पर्यो भनेपनि महिला अधिकार कानुनको दूरुपयोग गर्ने प्रचलन बढ्न थालेको छ ।

‘प्रोटेक्टिभ ल’ को फाइदा उठाउँदै आजकल केही अधिकारकर्मीहरु यसको संगठित खेती गरेर हिड्न थालेको कतिपय घटनाक्रमले पुष्टि हुन्छ । जानकारहरुका अनुसार महिला अधिकारकर्मीको ट्याग लगाएर पैसावालसँग ब्ल्याकमेलिङ गरी बिजनेश गर्ने तथा कतिपयसँग रिसईवी साध्ने हतियारको रुपमा आजकल नक्कली बलात्कारको आरोप लगाउने खेती पन्पिएको छ ।

एसएसपी अधिकारीमाथि झूटो आरोप लगाउने ती २७ बर्षिय यूवतीले प्रहरीकै आधा दर्जन अधिकृतहरुसँग ब्ल्याकमेलिङ गरी मोटो रकम असुलेको दावी गरिएको छ । रोल्पा रुकुम हुँदै दाङ झरेकी ती यूवती पछिल्लो समय चितवनमा बसेकी थिइन । चितवनमा नेपाल प्रहरीका एक असईलाई चर्को ब्ल्याकमेलिङ गरी उनको घर र ५५ लाख पनि खाई दिएको स्रोतले बतायो ।

ती यूवतीले कसैसँग ९० लाख त कसैसँग ७० लाख समेत ब्ल्याकमेलिङ गरी असुलेको दावी समाचार स्रोतको छ । उनलाई सशस्त्र र नेपाल प्रहरीकै भूतपूर्व अधिकृतहरुद्धारा सञ्चालित हनी ट्याप गिरोहले परिचालन गरेको बताइन्छ । यस्ता गिरोहको खोजी गरी चाडै नै भण्डाफोर गर्नुपर्ने नागरिक समाजले आवाज उठाएको छ ।

अब राजनीति र समाजसेवा गर्ने अधिकारीको भनाई

मुद्धा अवधिमै ३० बर्षे सेवाअवधिका कारण अवकाश पाएका एसएसपी अधिकारी स्याङ्जाको प्रतिष्ठित राजनीतिक घरानाका व्यक्ति हुन् । उच्च अदालतबाट पूर्ण सफाई पाएपछि सन्तोषको सास फेर्दै उनले अब अवकाश जीवन राजनीति र समाजसेवामा बिताउने नेपालबहस डटकमलाई बताए ।

आफूबिरुद्ध रचिएको षड्यन्त्रमा सामेलहरुको क्रमश भण्डाफोर गर्दै जाने बताउँदै उनले जी हजुरी गर्ने फौज होइन, देश र जनताको इमान्दारीपूर्वक सेवा गर्ने सुरुक्षा फौजको आवश्यकता रहेको बताए । सुरक्षा फौजमा आजकल जो शक्तिमा आयो उसैको पछाडि दौड्ने चाटुकारहरुको बोलवाला भएकोमा उनले दुखेसो पोखे ।

प्रहरीमा जागीर खानुअघि नेबिसंघ स्याङ्जाका पूर्व अध्यक्षसमेत रहेका अधिकारीले अब नेपाली कांग्रेसको सक्रिय राजनीतिका रुपमा गाँउ समाजको सेवा गर्ने लक्ष्य राखेको सुनाए । संयूक्त राष्ट्र संघका थुप्रै शान्ति मिशनमा अहिले पनि अवसरहरु आईरहेको तथा मासिक १०–१५ लाख तलब खान पाईने अवसर हुँदाहुँदै पनि आफ्नो रुची राजनीतिप्रति रहेकाे उनले बताए ।

 

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा