कांग्रेस १४औँ महाधिवेशन २४-२६ मंसिरका लागि सर्यो
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ शुक्रबार १:१६:२०
११ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुनेछ ।
केही जिल्लाका स्थानीय तहहरूमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको र केही आन्तरिक तयारी पनि गर्नुपरेका कारण पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन सिमितिलाई महाधिवेशन मिति संशोधन गर्न निर्देशन दिएका थिए । सोहीअनुसार आज निर्वाचन समितिले नयाँ तािलका सार्वजनिक गरेको हो ।
आज सार्वजनिक तालिकाअनुसार अधिवेशन रोकिएका १२ वटा जिल्लाका वडा तहको अधिवेशन आगामी २७ कात्तिकमा हुनेछ भने गाउँरनगर अधिवेशन ३० कात्तिकमा हुनेछ । यसरी नै प्रदेशसभा क्षेत्रीय अधिवेशन ३ मंसिरमा, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन ६ मंसिरमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन १० मंसिरमा हुनेछ ।
सोलुखुम्बू, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन २७ कात्तिकमा र एक मात्र क्षेत्र भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १ मंसिरमा हुनेछ ।
उता, जुम्लाको जिल्ला अधिवेशन १ मंसिरमा हुने केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, विभिन्न ४६ वटा जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन ३ मंसिरमा, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन ६ मंसिरमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन १० मंसिरमा हुनेछ ।
रसुवा र रौतहटमा कायम विवाद समाधान भइ नसकेका कारण यी दुई जिल्लाको अधिवेशन मिति तोकिएको छैन । १६-१७ मंसिरमा प्रदेश अधिवेशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार