१६ मंसिर २०७८, बिहीबार
कर्णाली प्रदेश

रुकुमपश्चिममा भलिबल खेल हेर्न गएकी बालिका बलात्कृत

प्रकाशित मिति :  ११ कार्तिक २०७८, बिहीबार २०:२३


११ कार्तिक, काठमाडौं । रुकुमपश्चिममा भलिबल खेल हेर्न गएकी बालिका बलात्कृत भएकी छिन् । जिल्लाको आठबिसकोट नगरपालिका १४ बाँकेज्यूलामा भलिबल खेल हेर्न गएकी १४ बर्षिय बालिका बलात्कृत भएकी हुन् ।

प्रहरीका अनुसार उनलाई भलिबल हेर्न गएका बेला सोही ठाउँका २६ बर्षिय झकल जैशीले बलात्कार गरेका हुन । घटनापछि प्रहरीले बालिकालाई अचेत अवस्थामा फेला पारेको बताएको छ ।

प्रहरीका अनुसार बालिकाको अवस्था गम्भिर रहेको र नगर अस्पताल राडीमा सामान्य उपचार पछि थप उपचारका लागि आज नेपालगञ्ज रिफर गरिएको छ । जैशीको खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा







तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता