१६ मंसिर २०७८, बिहीबार

भीम रावलको राजीनामा स्थायी कमिटी बैठकद्धारा स्वीकृत

प्रकाशित मिति :  ११ कार्तिक २०७८, बिहीबार २०:५४


११ कार्तिक, काठमाडौं । नेकपा ‘एमाले’ १० बुँदे सहमति कार्यदलका संयोजक डा भीम रावलको राजीनामा स्वीकृत भएको छ । १० बुँदे कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले उदासिनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै अघिल्लो स्थायी कमिटी बैठकमा रावलले राजीनामा घोषणा गरेका थिए ।

अध्यक्ष ओलीलाई लिखित राजीनामा पनि दिएका थिए । उक्त राजीनामा आजको स्थायी कमिटीले स्वीकृत गरेको हो । प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘भीम रावलले राजीनामा बुझाउनुभएको छ । अब कार्यदलका अरु सदस्यले काम अगाडि बढाउँछन् ।’

ज्ञवालीले कार्यदलका अन्य सदस्यबाट समस्या समाधान हुन नसकेमा स्थायी कमिटीले टेकओभर गर्ने पनि बताए । ‘आवश्यक पर्‍यो भने स्थायी कमिटीले आवश्यक निर्णय गर्छ । कामलाई अगाडि बढाउँछ,’ उनले भने ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा






तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता