बारीको पाटाभरि ढकमक्क सयपत्री फूल
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ शुक्रबार ३:१:५४
११ कार्तिक, बनेपा । काभ्रेपलाञ्चोकको अग्लो रमणीय पर्यटकीयस्थल कामीडाँडाका किसान मर्दन सिं तामाङले फूल खेती गरेर आम्दानी गर्दै आएको दुई वर्ष भयो । उनले घरबारीमा मौसम अनुसारको सयपत्री फूल खेती गरेर आम्दानी गर्दै आएका हुन् ।
फूलैफूलको मौसम हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा घर नजिकैको बारीमा चिया खेती समेत गर्दै आएका उनले चिया खेतीसँगै मौसमअनुसार फूल खेती गरेर आम्दानी गर्न थालेका हुन्। “गत वर्षदेखि सुरु गरेको फूल खेतीले पनि अरु बालीभन्दा राम्रो आम्दानी हुने रहेछ”, उनले भने, “यसपालि दुई रोपनी जग्गामा सयपत्री फूल लगाएको छु ।”
उत्पादन भएको फूल व्यवसायीले गाउँमा नै किन्न आउने भएपछि खेती गर्न थालेको उनले बताए । गाउँमा व्यावसायिक रुपमा फूल खेती गर्ने उहाँ मात्रै भए पनि व्यवसायीले गाउँमा नै किन्न आउने गरेपछि केही वर्षयतादेखि काँमीडाँडाका किसानले घर आँगनमा नै फूल्ने फूललाई अलिअलि स्याहार गर्दै १०÷१५ किलोसम्म बिक्री गर्न थालेको उनले बताए ।
सो ठाउँमा उत्पादित फूल किलोमा १०० र माला उनेर बिक्री गर्दा प्रति माला रु २०० सम्म बिक्री हुने उनले बताए । यो वर्ष दोस्रो पटक परीक्षणका लागि लगाएको सयपत्री मन नै लोभ्याउने गरी फुलेको उनले बताए।
पहिलो वर्ष गरेको एक रोपनी जग्गामा मात्रै सयपत्री लगाइएकोमा यस वर्ष बढाएर दुई रोपनीमा गरिएको हो । आफूले चिया खेतीमा मात्रै विशेष ध्यान दिएर काम गरिरहेको भए पनि फूल व्यवसायबाट पनि आम्दानी हुन थालेपछि त्यसतर्फ पनि चासो दिएको उनको भनाइ छ । केही दिनअघि परेको वर्षा र हुरीका कारण फूलको बोट ढलेर क्षति पुगेको छ ।
चिया खेतीबाहेक सँगैको बारीमा लगाएको फूल खेतीले अरुलाई पनि व्यावसायिकतातर्फ लाग्न उत्प्रेरित गरेको स्थानियवासिन्दा बताउँछन् । उत्पादन भएको फूल गुणस्तरीय भएको र तिहारमा मालाको रूपमा बिक्री गर्ने गरी तयारीमा रहेको उनले बताए।
उनले सो ठाउँमा व्यावसायिक रुपमा चिया खेती सुरु गरेर विगत तीन वर्षदेखि आम्दानी गर्दै आएका छन् । उनले करिब २५ रोपनी जग्गामा चिया खेती गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार