प्रहरी अस्पतालमा ठूलो अनियमितता, एआईजी डा. सिंह तनावमा
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ मंगलबार १७:५७:३२
१० कार्तिक, काठमाडौं । नेपाल प्रहरीको कल्याणकारी कोष अन्तरगत सञ्चालनमा रहेको प्रहरी अस्पतालमा ठूलो अनियमितता भएको भन्दै प्रहरी प्रधान कार्यालयले एआईजी विश्वराज पोखरेलको नेतृत्वमा छानविन समिति गठन गरेपछि अस्पतालका कार्यकारी निर्देशक एआईजी डा. आशा सिंहलाई तनाव भएको छ ।
एआईजी पोखरेलको नेतृत्वमा रहेको समितिले नेपाल प्रहरी अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक एआईजी डा. आशा सिंहसहित एसएसपी डा. सञ्जयविक्रम श्रेष्ठ र प्रबन्धका सई दीपक थापा समेत अनुसन्धानमा तानिएपछि उनी थप तनावमा परेकी हुन् ।
प्रहरी प्रधान कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयबाट अस्पतालमा भ्रष्टाचार, अनियमितता र अनैतिक गतिविधि भइरहेको सम्बन्धमा सत्य–तथ्य बुझ्न निर्देशन पत्र आएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धान गर्न एआईजी पोखरेलको नेतृत्वमा छानविन समिति बनाएका हुन् । एआईजी पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको छ । समितिमा महानिरीक्षकको सचिवायलका डीआईजी बसन्त लामासहित एसएसपीद्वय पूजा सिंह र भीम ढकाल तथा कानुन शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेत छन् ।
अख्तियारमा परेको उजुरी अनुसार एआईजी सिंह र उनको टीमले कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर खरिद गर्दा आर्थिक अनियमितता गरेको, आइसोलेसन वार्ड बनाउँदा रकम हिनामिना भएको, भारतबाट सेकेन्डह्यान्ड पीसीआर मेसिन किनेर नयाँ उपकरणसरह बिल भुक्तानी गरेको, अपारदर्शी रूपमा करारमा कर्मचारी नियुक्ति गरेको लगायतका आरोप छन् ।
अनुसन्धान समितिले त्यसलाई मात्र आधार बनाएको छैन, आन्तरिक रुपमा पनि सामान खरिदको बिल झिकाएर, बजार मूल्य बुझेर अनुसन्धान शुरु गरेको छ । ‘टोसिलिजुम्याब’ नामक इन्जेक्शनलाई अस्पतालका कर्मचारी र डाक्टरको मिलोमतोमा पाँच लाखसम्म कालोबजारी गरेको गम्भीर आरोप छ । जुन इन्जेक्शनको मूल्य ३३ हजार भारतीय रुपैयाँ पर्छ ।
जुन औषधि डीएसपी राजकुमार केसीलाई समयमै प्रयोग नगर्नाले उनकाे अकालमै ज्यान गएकाे थियाे । उनलाई सो इन्जेक्सन समयमा प्रयोग गरिएको भए उनको ज्यान जोगिन सक्ने अस्पतालका अन्य चिकित्सकहरुले बताएका छन् । त्यही औषधी पूर्व डीआईजी रमेश खरेललाई समयमै प्रयोग गरिएको थियो । तर अस्पताले सो इन्जेक्सन नेपाल नपाइने बताएपछि खरेल आफैले भारतबाट झिकाएको स्रोतको दावी छ ।
कोभिडको पहिलो र दोस्रो लहरले देश आक्रान्त पारेको समयमा स्वविवेक प्रयोग गरी चिकित्सक स्वयम् सेवामा खटिनु पर्नेमा त्यसो नगरी आफूले जाँच्नुपर्ने बिरामी समेत नजाँची बसेको, डिउटी खटाउने जिम्मेवारी पाएका उनले सो काम पनि नगरी नेपाल प्रहरी अस्पताललाई अस्तव्यस्त बनाउनतर्फ लागेको, स्वास्थ्य सेवा लिन आएका बिरामीलाई महँगो मूल्य तिरेर निजी क्लिनिक तथा अस्पतालमा गई जाँच गराउन बाध्य पारेको तथा सरकारी स्रोतसाधन र धन सम्पत्तिको दुरुपयोग गरेको आरोप पनि सिंह माथि लागेको छ ।
सिंहले पति डा. रमेश सिंहमार्फत सबै सामाग्री खरिद गरी अनियमितता गरेको आरोप लागेको छ । रमेश सिंह नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य तथा नेपाल मेडिकल कलेजका पूर्वप्रोफेसर हुन् । पति डा. रमेशको योजनामा एक बर्ष अगाडि भारतबाट खरिद गरेर ल्याइएको पीसीआर चेक गर्ने मेशिनले काम गर्न छाडेपछि अनियमितताको खुलासा भएको थियो ।
यस्तै अस्पतालकै अर्का वरिष्ठ चिकित्सक एसएसपी डा. सञ्जय विक्रम श्रेष्ठले भनसुनबाट आएका बिरामी बाहेकको अपरेसन अस्पतालभित्र नगर्ने गरेको, नेपाल प्रहरी अस्पतालमा जँचाउन आएका बिरामीलाई विभिन्न बहाना बनाई पैसाको लागि ग्रीनसिटी अस्पताल तथा क्लिनिकमा लैजाने गरेको आरोपमासमेत अनुसन्धान भइरहेको छ ।
उनीविरुद्ध तत्कालै अपरेशन गर्नुपर्ने बिरामीलाई युनिट विभाजन नगरी अपरेसनको लागि मिति एक वर्षभन्दा बढी समय पछि राखिदिने गरेको, बिरामी प्रहरी परिवार र भूपू प्रहरीहरुलाई ग्रीनसिटी अस्पतालमा लगी अपरेशन गराउन बिचौलिया राखी कमाउधन्दामा लागेको आरोपसहितको उजुरीमा छानविन भैरहेको छ । ‘अस्पतालका नर्स तथा मेडिकल अफिसरलाई प्रयोग गरी आईसीयु भर्ना गर्नुपर्ने बिरामीलाई बेड खाली हुँदाहुँदै छैन भनी ग्रीनसिटी अस्पतालमा रिफर गरी भर्ना गराउने गरेका छन्,’ श्रेष्ठ विरुद्ध परेको उजुरीमा भनिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक सिंहसँगको मिलेमतोमा श्रेष्ठले विरामीलाई ग्रीनसिटी अस्पतालमा रेफर गर्ने गरेको स्रोतको दावी छ । डा. श्रेष्ठ नेपाल प्रहरी अस्पतालका प्रवक्ता समेत हुन् । केही असजिलो भएमा सिंहलाई उनै श्रेष्ठले सहयोग गर्दै आएका छन् । डा. श्रेष्ठविरुद्धको उजुरीमा अपरेशन थिएटरमा ईक्युपमेन्ट ठीक हुँदाहुँदै नभएको या बिग्रेको भनी अपरेशन डेट दिएका बिरामीको अपरेशन रद्द गरी अन्यत्र रिफर गर्ने गरेको, बिरामीको उपचार नगरी घण्टौं क्यान्टिन र चिया पसलमा समय बिताउने गरेको, अस्पतालमा बिरामी जाँच गर्ने बेलामा उपचार नगरी शेयर मार्केटमा शेयर खरिदविक्री गरी समय बिताउने गरेको जस्ता आरोपमा पनि अनुसन्धान भैरहेको बताइएकाे छ ।
अस्पतालकै प्रबन्धमा कार्यरत सई दीपक थापाविरुद्ध खरिदविक्री तथा टेण्डर प्रक्रियामा मिलमतो गरेको आरोपमा अनुसन्धान भैरहेको छ । सई थापा पनि सिंहका भरपर्दो पात्र हुन् । २०७६ माघ ६ को मन्त्रिपरिषद बैठकबाट अस्पतालको एआईजी तथा कार्यकारी निर्देशक डा. सिंहलाई वरीयता मिच्दै अस्पतालमा नियुक्त गरिएको थियो । उनी नियुक्त भएपछि अस्पताल अस्तव्यस्त हुँदै आएको आराेप लागेकाे छ ।
मिसन नै नगई लोगो प्रयोग गरेको आरोप
प्राविधिकतर्फ अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) भएकी सिंहलाई संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नै नभई सहभागी प्रहरी अधिकारीले लगाउने लोगो लगाएको, नेपाल सरकारले प्रदान गर्ने पदक नपाई पदकसमेत लगाएर दुरुपयोग गरेको आरोप पनि लागेको छ । यो विषयमा उनले कही कतै खण्डन गरेकी छैनन । सिंहले पदक लगाएको फोटोसमेत सार्वजनिक भएको थियो । एसएसपी हुँदा त्यस्तो लोगो प्रयोग नगरेकी सिंहले डीआईजी हुँदा भने उनले उक्त लोगो लगाएकी थिइन ।
बढुवा हुँदा सरकारले दिएको पदकबापत २ अंक जोडिने गर्छ । गत ४ पुषमा प्रहरी अस्पतालकी प्रमुख एआईजी डा. दुर्गा थापाले ३० वर्षे सेवा हदका कारण अवकाश पाएपछि एआईजी पद रिक्त थियो । थापाको अवकाशपछि वरिष्ठताका आधारमा अस्पतालका प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. मीनराज पाठकले प्रहरी अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी पाएपछि उनले पदक पाएको भन्दै पदक र लोगो दुवै प्रयोग गरेकी थिइन ।
तर, वरिष्ठताका आधारमा गृह मन्त्रालयले बालरोग विशेषज्ञ डा. पाठकलाई एआईजीमा बढुवा गर्नुको साटो उनीभन्दा कनिष्ठ आशा सिंहलाई एआईजीमा बढुवा गरेको थियो । पाठक र सिंह दुवै २०५२ सालमा प्राविधिक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । प्रहरी अधिकारीहरूका अनुसार बढुवाकै क्रममा डा. पाठक भन्दा डा. सिंह कनिष्ठ भए पनि सरकारले उनलाई एआईजी बढुवा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार