२३ मंसिर २०७८, बिहीबार

महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न

प्रकाशित मिति :  १८ कार्तिक २०७८, बिहीबार १४:४८


१८ कार्तिक, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ । पोखरामा कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरबाट व्यवसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरू सहभागी थिए ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा समिट सम्पन्न भएको हो । समिटमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतासम्म बीमा पहुँच कसरी पुच्याउन सकिन्छ भन्नेबारे छलफल भएको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए ।

बीमासम्म निम्न वर्गको पहुँच बढाउन र युवा वर्गमा यसबारे जनचेतना वृद्धि गर्न ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमलाई अझै प्रभावकारी रूपमा गाउँगाउसम्म पु¥याउने निर्णयसमेत भएको पन्थीले बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा