२२ मंसिर २०७८, बुधबार

रेडियो नेपालमा स्थायी जागिर खुल्यो : प्राविधिक सहायक, संवाददातादेखि इन्जिनियरलाई अवसर

प्रकाशित मिति :  २६ कार्तिक २०७८, शुक्रबार ०७:१०


२६ कार्तिक, काठमाडौं । रेडियो नेपाल अर्थात् रेडियो प्रसार सेवा विकास समितिले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन आह्वान गरेको हो ।

जसअनुसार रेडियो नेपालले ३ जना इन्जिनियर, २ प्रशासकीय अधिकृत, २ लेखा अधिकृत माग गरेको छ । त्यस्तै, १(१ जना व्यापार अधिकृत, कार्यक्रम अधिकृत, गायनरवाद्य संयोजक, सम्पादक ‘नेपाली’, संवाददाता, प्रधान सहायक, लेखापाल र वरिष्ठ व्यापार सहायकका लागि पनि विज्ञापन आह्वान भएको छ ।

रेडियो नेपालले ७ जना वरिष्ठ प्राविधिक सहायक र २ वरिष्ठ कार्यक्रम सहायकका लागि विज्ञापन खुलेको छ । १र१ वाद्यवादक, समाचार वाचक ‘नेपाली’, कार्यालय सहायक, सहायक लेखापाल र कार्यक्रम सहायकका लागि अवसर छ ।

रेडियो नेपालले १० जना प्राविधिक सहायक पनि माग गरेको छ । योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा