२२ मंसिर २०७८, बुधबार

पेन्गुइन ३ हजार किलोमिटर लामो यात्रा तय गर्दै न्युजील्यान्ड पुग्यो

प्रकाशित मिति :  २८ कार्तिक २०७८, आईतवार २२:५८


२८ कार्तिक, काठमाडौं । एन्टार्टीकाको एउटा पेन्गुइन कम्तीमा ३ हजार किलोमिटर लामो यात्रा तय गर्दै न्युजील्यान्ड पुगेको छ।

स्थानीय बासिन्दाहरूले पिङ्गु नाम दिएको उक्त पेन्गुइन एउटा समुद्र तटमा अलमलिएको अवस्थामा फेला परेको थियो। सो प्रजातिको पेन्गुइन न्युजील्यान्डको तटमा फेला परेको यो तेस्रो घटना हो।

सिंह र उनकी पत्नी क्राइस्टचर्च सहरको दक्षिणमा रहेको बर्डलीङ्स फ्ल्याटस्थित समुद्र तटमा टहलिरहेका थिए। उनले फेसबुकमा पोस्ट गरेको उक्त पेन्गुइनको भिडिओमा त्यो एक्लै र हराएको अनुभूति गरेको देखिन्थ्यो।

त्यसपछि सिंह पेन्गुइन उद्धारकर्ताहरूलाई सम्पर्क गर्नतिर लागे। उक्त पेन्गुइन पानीतिर नगएका कारण अन्य जनावरको सिकार हुन सक्ने कुराले सिंह चिन्तित थिए।

पेन्गुइन पुनर्वासको व्यवस्थासम्बन्धी कार्यमा लागेका टमस स्ट्रयाकले सो पेन्गुइनको उद्धार गरे। एन्टार्टीकामा मात्रै पाइने प्रजातिको पेन्गुइन रहेको थाहा पाएपछि स्ट्रयाक चकित भए।

पेन्गुइनको रक्त परीक्षण गर्दा उसको तौल केही कम रहेको र उसको शरीरमा पानीको मात्रा कम रहेको पाइएको थियो। त्यसपछि उसलाई फिडिङ ट्युबमार्फत झोल पदार्थ खुवाइएको थियो।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा