२२ मंसिर २०७८, बुधबार

व्यक्तिको पेटमा मोवाईल देखेपछि चिकित्सक नै चकित ! [ फोटो फिचर ]

प्रकाशित मिति :  २९ कार्तिक २०७८, सोमबार १३:४२


२९ कार्तिक, एजेन्सी । एक व्यक्ति निकै पेट दुखेपछि चिकित्सक कहाँ जान्छन् । केही घन्टापछि चिकित्सकले उनको पेटको एक्सरे गर्छन् । एक्सरे रिपोर्टमा ती व्यक्तिको पेटमा मोवाईल देखेपछि चिकित्सक नै चकित हुन्छन् । उनको तत्कालै शल्यक्रिया हुन्छ । यो हो पश्चिमी इजिप्टको आसवान युनिर्भसिटी अस्पतालको घटना ।

समाचार विवरणअनुसार ती व्यक्तिले ६ महिनाअगाडि एउटा मोबाईल फोन निलेका थिए । स्वभाविक प्रक्रियाबाट दिशामार्फत मोबाईल बाहिर निस्कने आशामा उनले कसैलाई पनि भनेनन् । किनकी, आफ्नो अस्वभाविक कामबाट उनी आफै लज्जित थिए । तर, पेट दुखेर सा(है पिडा हुन थालेपछि उनी चिकित्सककहाँ गएका थिए । मोवाईलका कारण उनलाई खान पनि असजिलो भएको थियो ।

ती व्यक्तिले आफ्नो समस्या बताउने बित्तिकै चिकित्सकले एक्सरे गरे । पेटभित्र एउटा मोबाईल देखियो । चिकित्सकले तत्कालै शल्यक्रिया गरे । मानिसले मोबाइल निलेर शल्यक्रियामार्फत झिकेको संभवत यो पहिलो घटना भएको चिकित्सकहरुले बताएका छन् ।

मोवाईल पेटबाट निकाले पनि ती व्यक्तिको स्वास्थ्य अवस्थाबारे थप केही बताइएको छैन् । शल्यक्रियापछि ती व्यक्ति पूर्ण रुपमा स्वस्थ हुने चिकित्सकहरुको विश्वास छ । उनले किन मोवाईल खाए भन्ने बारेमा इजिप्टका सञ्चार माध्यमहरुले केही खुलाएका छैनन् ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा