पुरातात्विक वस्तुको प्रचारप्रसार गर्न जरुरी : जोशी
नेपालबहस संवाददाता
कात्तिक २९, २०७८ मंगलबार ४:४४:४२
२९ कार्तिक, ललितपुर । वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले पाटन दरबार पछाडिको खाली भागलाई पुरातात्विक बगैँचाका रुपमा अघि बढाएर सो महत्वका वस्तुको प्रदर्शन गर्न जरुरी रहेको बताएका छन् ।
दरबार सङ्ग्रहालय विकास समितिको २४ औँ वार्षिकोत्सवका अवसरमा आज उनले पाटन मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण क्षेत्र रहेकाले सो बगैँचा व्यवस्थापन गरी पुरातात्विक वस्तुको प्रचारप्रसार गर्नुपर्ने बताए । उनले भने, “सङ्ग्रहालयभित्र त्यसै थन्किएर रहेका मूर्ति तथा शिलापत्र आदिको महत्व दर्शाउन जरुरी छ ।” सो बगैँचा बनाउँदा छरिएर रहेका संस्कृतिको संरक्षण हुनाका साथै कला अनि पर्यटनको विकासमा टेवा पुग्ने उनको धारणा थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पाटन सङ्ग्रहालय दक्षिण एसियाको महत्वपूर्ण क्षेत्रका रुपमा गणना भइरहँदा सो बगैँचा निर्माणका लागि गृहकार्य गरिने बताए । उनले भने, “यस बगैँचाको सहयोगमा अदृश्य रुपमा रहेका सम्पदाको खोजी गरी उजार गर्न सकिन्छ ।”
सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले सङग्रहालयभित्र प्रदर्शन नगरी थन्क्याइएका लगभग एक हजार सात सय वस्तु बगैँचाको सहयोगमा प्रदर्शन हुन पाउने बताए ।
हाल तीन सयभन्दा बढी वस्तु सो सङ्ग्रहालयभित्र प्रदर्शनीमा राखिएको छ । पुरातात्विक महत्वका वस्तुको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ शताब्दी पुरुष जोशीले बगैँचाको अवधारणा अघि बढाए । सो अवसरमा सङग्रहालयभित्र १४औँ देखि १७औँ शताब्दीसम्मका ढुङ्गाको प्रस्तरको मूर्तिसमेत प्रदर्शनी गर्नाका साथै सङग्रहालयको मुखपत्र विमोचन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार