२३ मंसिर २०७८, बिहीबार

वायुसेवा निगमका महाप्रबन्धक पौडेल मन्त्रालय तानिए

प्रकाशित मिति :  २९ कार्तिक २०७८, सोमबार २३:०८


२९ कार्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’का महाप्रबन्धक डिमप्रसाद पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तानिएका छन् ।

महाप्रबन्धक पौडेललाई विज्ञका रुपमा मन्त्रालयमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री स्तरको निर्णयबाट महाप्रबन्धक पौडेललाई मन्त्रालय तानिएको हो ।

महाप्रबन्धक पौडेलले मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने बताए । उनले भने, “म आज मन्त्रालयमा हाजिर भएको छु, विज्ञका रुपमा भनेर ल्याइएको छ, के जिम्मेवारी हुन्छ हेरौँ ।” सरकारले यही कार्तिक ८ मा निगमको कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेको थियो ।

अधिकारीको नियुक्तिपछि पौडेल अधिकारविहीन बनेका छन् । महाप्रबन्धक पौडेलले निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेपछि निगमभित्रका कर्मचारीले १०४ दिनसम्म आन्दोलन गरी उनलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा


किन घट्यौ देउवाको क्रेज ?
नेपालबहस संवाददाता