२३ मंसिर २०७८, बिहीबार

तीन महिनामा २ खर्ब ३९ अर्ब रेमिट्यान्य भित्रियो

प्रकाशित मिति :  ३० कार्तिक २०७८, मंगलवार १६:५०


३० कार्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालमा २ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार तीन २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

यो अघिल्ले वर्षको सोहि अवधिको तुलनामा ७.६ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ। ३ महिनामा ६६ हजार ३१६ जनाले यस्तो स्वीकृति लिएका छन। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६।८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा बढेर ३४ हजार ८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।

यस अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले घटेर २६३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा


किन घट्यौ देउवाको क्रेज ?
नेपालबहस संवाददाता