२३ मंसिर २०७८, बिहीबार

१५ फाइनान्स कम्पनीहरुले गरे करिब ४३ करोड मुनाफा, कुनले कति ?

प्रकाशित मिति :  १ मंसिर २०७८, बुधबार ०७:३९


१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ फाइनान्स कम्पनीहरुले करिब साढे ४३ करोड मुनाफा गरेका छन्।

१५ फाइनान्स कम्पनीले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार १५ वटा फाइनान्सले कुल ४३ करोड ३६ लाख रुपैयाँ मुनाफा गरेका छन जसमा बेष्ट फाइनान्सको सबैभन्दा धेरै १२ करोड ११ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, मल्टिपर्पस फाइनान्सको भने मुनाफा सबैभन्दा कम २ लाख रुपैयाँ मात्र छ।चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बेष्ट फाइनान्सले १२ करोड ११ लाख मुनाफा गरेको छ ।

त्यस्तै, गुष्विल फाइनान्सले ७ करोड ११ लाख मुनाफा, आइसीएफसी फाइनान्सले ४ करोड ७६ लाख, प्रोग्रेसिप फाइनान्सले ३ करोड ३६ लाख, मन्जुश्री फाइनान्सले २ करोड ८६ लाख, जानकी फाइनान्सले २ करोड ७९ लाख, श्री इन्भेष्टमेन्टले २ करोड ७८ लाख मुनाफा, रिलायन्स फाइनान्सले २ करोड १९ लाख, गोर्खाज फाइनान्सले १ करोड ६५ लाख, गुवश्वरी फाइनान्सले १ करोड ५७ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ३६ लाख, नेपाल फाइनान्सले ३५ लाख समृद्धि फाइनान्सले २६ लाख, पोदरा फाइनान्सले १३ लाख र मल्टिपर्पस फाइनान्सले २ लाख मुनाफा गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा