२३ मंसिर २०७८, बिहीबार
विश्वासको मत
राजनीति

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

प्रकाशित मिति :  १ मंसिर २०७८, बुधबार १४:३४


१ मंसिर, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित गरेको हो । उक्त प्रस्तावमाथि मतदान भएको थियो ।

सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत परेको र सो मत बहुमत रहेकाले मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।

उनका अनुसार बैठकमा उपस्थित सांसद संख्या तथा मत विभाजनमा सहभागी ७९ जना रहेका र प्रस्तावको पक्षमा ५० मत परेको र विपक्षमा २९ मत र तटस्थ शून्य मत परेको छ ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेमा ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्च एक र राप्रपा एक सदस्यीय छ ।

५० सदस्यीय गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक मञ्चको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् । गत १५ कात्तिकमा भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि १६ कात्तिक राईले मुख्यमन्त्रीमा नियुक्त भएर पद तथा गोपनीयताको शपथसहित पदभार ग्रहण गरेका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा




किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता