२३ मंसिर २०७८, बिहीबार

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

प्रकाशित मिति :  ३ मंसिर २०७८, शुक्रबार १०:४७


३ मंसिर, काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ७ हजार ५८५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो ।

कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो ।

कम्पनीले गत असोज २० गते सूचना प्रकाशित गरी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरीद गर्न आह्वान गरेकोमा उक्त शेयर खरीद गर्न संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, दरवारमार्ग, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा





किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता