धानबाली स्याहार्न आधुनिक मेसिनको अभाव
नेपालबहस संवाददाता
मंसिर ३, २०७८ शुक्रबार २०:२८:४४
३ मंसिर, पाल्पा । पाल्पामा धानबाली स्याहार्न आधुनिक मेसिनको अभाव भएको छ । पाकेको धानबाली काट्नुपर्ने, सुकाउन, पराल र धानबाली छुट्टयाउन अझै परम्परागत रुपमा स्याहार्नुपर्ने बाध्यता छ । प्रविधिको अभावमा जनशक्तिको परिचालन गर्नुपर्ने समस्याले आर्थिकरुपमा बोझिलो समेत बनेको छ ।
आधुनिक प्रविधिको अभावसँगै अर्मपर्म गर्नुपर्छ । अर्मपर्म गर्दा आर्थिकरुपमा बोझिलो हुँदा उत्पादनअनुसार प्रतिफल प्राप्तिमा समस्या हुन्छ । सरकारको सहयोगमा अभावमा अझै पनि परम्परागत शैलीमा उत्पादन गर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ ।
तानसेन नगरपालिका–१४ अर्गलीकी विमला सुनार चार रोपनी खेतमा धानबाली उत्पादन गर्छन । दशैं तिहार सकिएपछि किसान पाकेको धानबाली घरमा भित्र्याउने चटारोमा छन् । धानबाली स्याहार्न आधुनिक मेसिनको अभावले खेताला परिचान गरी किसानले धानबाली काट्न, सुकाउन, पराल र धान छुटाउन अझै परम्परागत शैली अपनाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
त्यसैले आधुनिक मेसिनको अभाव भएपछि यहाँका महिलाले एकापसमा सहयोगी भावनाका साथ अर्मपर्म गरी अन्नबाली भित्र्याउने चलन अझै कायम नै रहेको स्थानीय लक्ष्मी श्रेष्ठले बताए। श्रेष्ठका अनुसार परम्परागत शैलीमा धानबाली स्याहार्न बढी खर्चिलो हुन गरेको छ । सोही स्थानकी पार्वती भट्टराईका अनुसार आधुनिक रुपमा धानबाली उत्पादन प्रणालीको प्रयोग हुन सकेको अवस्थामा उत्पादन वृद्धि र काम गर्न सहज हुने छ । परम्परागत उत्पादन प्रणालीमा मानवीय जनशक्तिको प्रयोग गर्दा मेहनत र खर्च बढी हुन्छ । कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य छ तर, सरकारको लक्ष्यअनुसार पाल्पाका ग्रामीण क्षेत्रमा आधुनिक मेसिनको प्रयोग धानबाली काट्न देखिएको छैन ।
साना खेतका गह्रा भएकाले ठूला मेसिनको अभावले किसानले अझै परम्परागत शैलीमा काम गर्न बाध्य बनेका छन् । कृषि उत्पादनमा यान्त्रीकरणले काम छिटोछरितो रुपमा सम्पादन गर्न सहजता र उत्पादनमा वृद्धि ल्याएको छ । किसानको मागका आधारमा अनुदानमा आधुनिक कृषि यान्त्रीकरण, बीउलगायतका क्षेत्रमा स्थानीय सरकारले सहयोग गर्दै आएको तानसेन नगरपालिका–१४ का वडाध्यक्ष कमल रानाले बताए ।
स्थानीय सरकारले कृषि उत्पादन वृद्धि गर्न हाते ट्याक्टर, खाडल खन्ने मेसिन, घाँस काट्ने मेसिनलगायतको सहयोग गर्दै आएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । जिल्लामा आठ हजार ८४० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
बेमौसमी वर्षाले पाल्पामा रु तीन करोड ४० लाख बराबरको धानबाली क्षति भएको छ । कात्तिकमा परेको वर्षाको कारण तिनाउ गाउँपालिकामा धानबाली बढी मात्रामा क्षति भएको हो । सो क्षेत्रमा चार सय १५ किसानको दुई हजार ४७७ रोपनी क्षेत्रफलको धान नोक्सान भएको छ ।
एक हजार २७६ किसानको धानबालीमा क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा १३ हजार ९२१ क्विन्टल धान नोक्सानी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार