२३ मंसिर २०७८, बिहीबार
मतगणना स्थलमा विवाद
लुम्बिनी प्रदेश

रुपन्देहीमा देउवा र पौडेल पक्षधरबीच झडप : पाँच जना घाइते, उम्मेदवारको नाकको डाँडी भाँचियो

प्रकाशित मिति :  ४ मंसिर २०७८, शनिबार १०:२६


सभापति देउवाविरुद्ध आन्दोलनमा उत्रदै पौडेल समूह

४ मंसिर, बुटवल । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ ‘क’ को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ ।

मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो । घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ । घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा







किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता