पहिलो चौमासिकमा कर्णालीमा पाँच प्रतिशत मात्रै बजेट खर्च
नेपालबहस संवाददाता
मंसिर ४, २०७८ शनिबार १७:५६:५३
४ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा करिब पाँच प्रतिशत मात्र बजेट खर्च गरेको छ । साउनदेखि कार्तिक मसान्तसम्म कूल बजेटको ४.८३ प्रतिशत बजेट खर्च भएको हो ।
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको कुल ३६ अर्ब ५३ करोड ५५ लाख २६ हजार बजेटमध्ये पहिलो चौमासिकसम्ममा एक अर्ब ७६ करोड ४४ लाख ८२ हजार बजेट खर्च गरेको छ । यो कुल बजेटको ४.८३ प्रतिशत मात्र हो ।
चालू आर्थिक वर्षको पूँजीगतभन्दा चालूतर्फ बढी खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् । ‘चालूतर्फको १४ अर्ब ८८ करोड १६ लाख १३ हजारमा एक अर्ब १२ करोड ३७ लाख एक हजार खर्च भएको छ । यो कुल खर्च भध्ये ७।५५ प्रतिशत खर्च हो ।’ उनले भनिन्, ‘विकासतर्फको २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार बजेटमा ६४ करोड सात लाख ८० हजार भएको छ । यो कुल बजेटको २।९६ प्रतिशत हुन आउँछ ।’
सबैभन्दा धेरै मुख्य न्यायाधिवक्ताको कार्यालयले करिब १९ प्रतिशत बजेट खर्च गरेको छ भने रकमको हिसाबले सामाजिक विकास मन्त्रालयले ५७ करोड ८२ लाख ५२ हजार, सामाजिक विकास मन्त्रालयको कुल बजेट ५ अर्ब ८३ करोड २१ लाख ३८ हजार र सबैभन्दा कम जल स्रोत तथा ऊर्जा विकास मन्त्रालयले १.४२ प्रतिशत मात्रै खर्च गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार