पशुपतिमा एकदिने विशाल योग शिविर गरिने
नेपालबहस संवाददाता
मंसिर ४, २०७८ आइतबार १:१३:१८
४ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा आइतबार पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एकदिने योग शिविरको आयोजना गरिने भएको छ । भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा उक्त विशाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ ।
योग शिविरकै दिन मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई पशुपतिनाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको सहसचिव डा टोकराज पाण्डेयले बताए । उनले भने, “स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितिमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौँ, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।” मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा लिइएको छ ।
उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्करूपमा प्रवेशको व्यवस्था मिलाइएको जनाइएको छ । शिविरमा दशौँ हजार सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा छ । योग शिविरपश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा प्रशिक्षण गराएका थिए । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार