२३ मंसिर २०७८, बिहीबार
पद तथा गोपनीयताको शपथ
राजनीति

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

प्रकाशित मिति :  ५ मंसिर २०७८, आईतवार ११:१४


५ मंसिर, जनकपुरधाम । दुई मन्त्रीसहित नेकपा ‘एकीकृत समाजवादी’ प्रदेश २ सरकारमा सहभागि भएको छ । आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा ‘एस’का संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहसहितको सहभागिता थियो ।

योसँगै संघीय सरकारको जस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा ‘एस’को गठबन्ध सरकार भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता