कफी उत्पादनमा कास्कीको लोभलाग्दो प्रगति
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार १९:४०:४७
५ मंसिर, पोखरा । पछिल्ला दिनमा कफी संस्कृति निकै बढेको छ । सानादेखि ठूला सहरका चोकचोकमा कफी सप खुलेका छन् । बढ्दो कफी बजारका कारण गण्डकी प्रदेशका किसानहरू कफीमा भविष्य देख्न थालेका छन् । यहाँ बर्सेनि उत्पादन बढ्दै गएको छ भने आम्दानी पनि उक्लदो छ ।
पाँच वर्षअघि कास्कीमा ४० हेक्टर क्षेत्रफलमा कफी खेती हुने तथ्यांक थियो । अहिले एक सय ६१ हेक्टर हाराहारी जमिनमा खेती हुने तथ्न्छयांक सार्वजनिक भएको छ । पछिल्लो तथ्यांकअनुसार गण्डकी प्रदेश कफी उत्पादनका हिसाबले नेपालमै दोश्रो धनी प्रदेश बनेको छ । नेपालभर नौ सय नौ हेक्टर क्षेत्रफलमा कफी हुँदै आएको छ ।
गण्डकीमा मात्रै वार्षिक ७६ मेट्रिक टन कफी उत्पादन हुन्छ भने १२ हजार आठ सय ९५ जना कफी किसान छन् । सबैभन्दा धेरै बागमतीमा ११६.१ मेट्रिक टन उत्पादन हुन्छ भने प्रदेश २ मा कफी उत्पादन हुँदैन । सरकारी मूल्यका हिसाबले प्रतिकिलो कफी एक हजार रुपैयाँमा बिक्री हुन्छ । ‘गण्डकीमा उत्पादन भएको कफीमध्ये २५ प्रतिशत बाहिरै जान्छ । बाँकी पोखरा र काठमाडौंका क्याफेहरूमा खपत हुन्छ,’ चिया तथा कफी विकास बोर्ड गण्डकीका प्रमुख चन्द्र पुरीले भने, ‘नेपालको कफी विश्वबजारमा राम्रो माग हुन्छ । तर, अझै उत्पादन सोँचेजति हुन सकेको छैन् ।’
पर्यटकीय राजधानी पोखराका पसलहरूमा विदेशबाट भित्र्याएका कफी खपत हुन्छ । नेपालमा उत्पादन भएका कफी भने विदेश निर्यात हुन्छ । विशेषतः कोरिया, जापान, अमेरिका, जर्मन र अष्ट्रेलियालगायत देशमा यहाँको कफी निर्यात हुन्छ । विदेशबाट भने १५० मेट्रिक टन हाराहारी गण्डकी प्रदेशमा आयात हुन्छ । ‘हामीले विदेश पठाउँदा १३ देखि १५ डलर प्रतिकिलोमा बिक्री हुन्छ । विदेशबाट पाँच डलरमै आउँछ,’ उनले थपे, ‘मूल्य राम्रो पाउन थालेपछि किसानहरू उत्साही छन् । उत्पादन बढ्दै गएको छ ।’ हरेक वर्ष गण्डकीले करिब आठ करोड रुपैयाँ आम्दानी गर्छ ।
‘केही वर्षअघिसम्म कफीको बोट उम्रिए पनि उखेलेर फालिदिन्थ्यौं,’ कास्की ढिकुरपोखरीका किसान कलाधर भुवाईंले भने, ‘अहिले किसानहरूले बुझ्न थाले । बर्षेनि नयाँ बिरुवा रोप्छन् ।’ ढिकुरपोखरीमा मात्रै पाँच हजारदेखि एक लाखसम्म आम्दानी गर्छन् । गोरखाका कफी किसान डिल्लीराम रेग्मीले व्यवसायिक खेती गरेका छन् । ‘सुरूमा कफी रोप्न खाल्डा खन्दा गाउँलेले बौलायो भन्थे । कसैको कुरा सुनिन्,’ विगत सम्झिँदै उनले भने, ‘अहिले राम्रो आम्दानी हुन थालेको छ । जाँगर भए विदेश जानु पर्दैन रहेछ ।’
गण्डकीमा कफीका लागि चाहिने अनुकुल हावापानी र जमिनका कारण यहाँको कफी विदेशी बजारमा समेत लोकप्रिय रहेको विज्ञहरू बताउँछन् । ‘यहाँको हावापानीमा कफीको उत्पादन निकै राम्रो हुन्छ,’ पुरीले भने, ‘सरकारको फोकस पनि यतै छ ।’ हरियो डलर र युरो भित्र्याउने नेपालको एउटा मात्रै बाली कफी हो । पछिल्लो समय कफीमा आकर्षित हुँदै गरेका किसान सिन्दुरे र तुसारोका कारण निराश छन् ।
गण्डकी प्रदेशभरी गतवर्ष कफी उत्पादन ९० प्रतिशतले घटेको थियो । ‘१८ देखि २२ डिग्री तापक्रम कफीको लागि उत्तम हो । यो वर्ष १० डिग्रीभन्दा पनि कम भयो,’ स्थानीय मनहर कडरियाले भने, ‘पछिल्ला वर्षहरूमा ‘क्लाईमेट डिजास्टर’ भैरहेको छ । क्षति बढी हुन थालेको छ ।’ नेपालबाट गतवर्ष करिब ४७ मेट्रिक टन कफी विदेश निर्यात भएको थियो । त्यसबाट नौ करोड ६० लाख भित्र्याएकोमा १० करोड ६७ लाखको कफी विदेशबाट आयात गरेको देखिएको छ ।
नेपालभर गएको वर्षमा २९६.५ मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको थियो । पछिल्ला वर्षहरूमा विदेशी कफी आयातको आंकडा भने घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७६र/०७७ मा पाँच करोडको कफी निर्यात भएकोमा ११ करोडको आयात भएको थियो । पछिल्लो वर्ष आयात र निर्यात करिब बराबर जस्तो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने
चैत २९, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार