रुपन्देहीमा कांग्रेस क्षेत्रीय अधिवेशनमा रस्साकस्सी, वर्तमान सभापतिकै उम्मेदवारी घोषणा
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार २२:४:३४
५ मंसिर, बुटवल । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनका लागि रुपन्देहीबाट सबै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोरिने गरी कसरत सुरु भएको छ । रुपन्देहीमा रहेका पाँचवटा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा हाल नेतृत्वमा रहेका पाँचै जनाले उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश क्षेत्रीय अधिवेशनबाट अधिकांश नयाँ अनुहार विजयी भएकोमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा भने पुरानै अनुहार दोहोरिने संभावना बढेको हो । हाल नेतृत्वमा रहेकाहरूले उम्मेदवारी घोषणादेखि तीव्र प्रचारप्रसार थालेका छन् ।
कांग्रेसको क्षेत्रीय अधिवेशन सोमबार हुँदै छ । क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित गर्नेछ । हाल रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा हिराबहादुर केसी, क्षेत्र नम्बर २ मा हरि लम्साल, ३ मा मातृका यादव, ४ मा मुकेश यादव र क्षेत्र नम्बर ५ मा वसिउल्लाह मुसलमान सभापति छन् । उनीहरू पाँचजना फेरि सभापति लड्ने तयारीका साथ चुनावी प्रचार तीव्र पारेका छन् ।
क्षेत्र नम्बर १ का सभापति हिराबहादुर केसीले थप एक कार्यकाल आफू नेतृत्वमा आउन चाहेको बताए । ुकार्यकर्ताको भावना तपाईं एक कार्यकाल सभापति हुनुहोस् भन्ने छ, तसर्थ म सभापतिमा लड्ने विचार गरेको छुु, उनले भने ।
क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले आफू अझै एक कार्यकाल दोहोरिन चाहेको बताउँदै कार्यकर्ताको भावनाअनुसार नै उम्मेदवारी दिन लागेको बताए ।
क्षेत्र नम्बर ३ का सभापति मातृका यादवले पनि आन्तरिक लविङ गरिरहेका छन् । आफू चुनाव लड्ने उद्देश्यका साथ कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेको उनले बताए । क्षेत्र नम्बर ४ का सभापति मुकेश यादवले पनि उम्मेदवारी घोषणा गर्दै प्रचार सुरू गरेका छन् । यस पटक पनि कार्यकर्ताले आफूलाई नेतृत्व सुम्पने उनको विश्वास छ । क्षेत्र नम्बर ५ का सभापति बसिउल्लाह मुसलमानले पार्टीमा अहिले सक्षम नेतृत्व आवश्यक रहेको भन्दै त्यो आफूले पुष्टि गरिसकेको बताए ।
पार्टीगत गुटको प्रभाव भने क्षेत्रीय अधिवेशनमा पनि पर्ने देखिएको छ । क्षेत्र नम्बर १ मा नेतृत्वमा आउन चाहेका केसी देउवा निकट हुन् । उनीविरुद्ध रामचन्द्र पौडेल समूहले विश्वनाथ यादवलाई उठाउने तयारी गरेको छ ।
त्यस्तै क्षेत्र नम्बर २ का पौडेलनिकट मानिने हरि लम्सालविरुद्ध देउवा समूहले काजीमान श्रेष्ठलाई उठाउँदै छ । उनी मजदुर नेता हुन् । क्षेत्र नम्बर ३ का सभापति मातृका यादव पौडेल पक्षका हुन् भने उनीविरुद्ध देउवा समूहले सुशील गुरुङलाई प्रतिस्पर्धामा उतार्दै छ ।
क्षेत्र नम्बर ४ मा भने पौडेल पक्षका मुकेश यादवका प्रतिस्पर्धी देउवा समूहका विनोद श्रीवास्तव छन् । क्षेत्र नम्बर ५ मा फेरि दोहोरिन चाहेका हालका सभापति वसिउल्लाह मुसलमान कांग्रेस नेता भरतकुमार साहनिकट मानिन्छन् । पौडेल पक्षले उनीविरुद्ध उम्मेदवारी छानिसकेको छैन । यो क्षेत्रमा साहको राम्रो पकड मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार