२३ मंसिर २०७८, बिहीबार

सपोर्ट लघुवित्तको संस्थापक शेयर लिलामीमा

प्रकाशित मिति :  ६ मंसिर २०७८, सोमबार १०:४०


६ मंसिर, काठमाडौं । सपोर्ट लघुवित्तले संस्थापक शेयर बिक्री खुलला गरेको छ कम्पनीले १५ हजार ८५० कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीको शेयर मंसिर १३ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।

कम्पनीले संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको हो । यसमा न्यूनतम ५५० रुपैयाँ मूल्य राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा बुझाउन सकिनेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा